जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहिबारदेखि लगाइएको कर्फ्यू हटाएको छ । प्रशासनले शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो । "/>

कञ्चनपुरका बिद्यालयहरु बन्द, कर्फ्यू हट्यो

कञ्चनपुरका बिद्यालयहरु बन्द, कर्फ्यू हट्यो


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहिबारदेखि लगाइएको कर्फ्यू हटाएको छ । प्रशासनले शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।

हिजोसम्म बिहानैदेखि चर्केको आन्दोलन आज केही मत्थर भएकाले कर्फ्यू हटाएको र बार्ताको पहल भैरहेको स्थानीय प्रशासनले जनाएको छ । तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् । यदपि प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

महेन्द्रनगरका विद्यालयहरु बन्द गरिएको छ । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप गोली लागेर ३ जना घाइते भएका थिए । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछि आन्दोलन चर्किदै गएको छ । सरकारले बिहीबार गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सरकारले त्यहाका सीडीओ र प्रहरी प्रमुखहरुको सरुवा गरेको थियो ।

Logo