काठमाडौँ

काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । "/>

सम्झौता सकिएको ६ महिना बित्यो तर काम अझै शुरु भएन : पुरानो बसपार्कमा भ्युटावर

सम्झौता सकिएको ६ महिना बित्यो तर काम अझै शुरु भएन : पुरानो बसपार्कमा भ्युटावर


काठमाडौँ

काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो ।

सो टावर तीन वर्ष भित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । सम्झौताको ८ महिनापछि २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसको शिलान्यास गरेका थिए । शिलन्यासको ६ महिनापछि २०७३ बैशाख २२ गते त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो । त्यसैलाई नै भ्यूटावरको अहिले सम्मको प्रगती मान्दा हुने भएको छ । भित्र निर्माण सामग्री थुपारिएका छन् भने निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरुले निर्माणस्थल भरिएको छ ।

यद्यपि सम्झौताकर्ता प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दावी गर्दै भने –‘छिट्टै थाल्छौँ । गृहकार्यमा छौँ ।’ तर उनले काम थाल्ने मिति तोक्न सकेनन् । यसबारे सोध्दा व्यस्त छु भन्दै टेलिफोन राखे । स्मरणीय छ, केन्द्रीय अनुसन्धान ब्युरोले भेटवाललाई एपेक्स बैंकको २ अर्ब घोटला काण्डमा बैशाख ३ गते पक्राउ गरेको थियो । उनी माथि कमसल जग्गा धितो राखेर बैंकमार्फत ११ करोड ९० लाख लिएको आरोप छ ।

सम्झौता सकिएको एकवर्ष नाघ्दा सम्म काठमाडौँँ महानगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ठेकेदारकै लापारबाहीले भ्युटावरको काम सुरु नभएको बताए । यसबारे थप बुझ्न खोज्दा उनले अहिलेसम्म नबन्नाको कारण ठेकेदारलाई नै सोधे ।

काठमाडौँमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भने यस विषयमा आफू जानकार रहेको बताउँदै निष्कर्षमा पुग्न मेयरसँग छलफल गर्नुपर्ने बताइन् । उक्त भ्यूटावर २३ रोपनी जग्गामा बन्ने बताइएको छ । उक्त कम्पनीलाई निर्माणपछि महानगरपालिकाले वार्षिक २ करोड ७० लाख भाडा लिने गरी २७ वर्षसम्म लिजमा दिने सम्झौता भएको छ ।
नेपाल समाचारपत्रबाट

Logo