एसियाड: भारोत्तोलनमा कमलबहादुर अधिकारीले राखे नयाँ रेकर्ड

एसियाड: भारोत्तोलनमा कमलबहादुर अधिकारीले राखे नयाँ रेकर्ड


१८ औं एसियाली खेलकुद प्रतियोगितामा भारोत्तोलनतर्फ नेपालका कमलबहादुर अधिकारीले नया रेकर्ड राखेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगितामा उनले छैटौं भए पनि आफ्नो राष्ट्रिय कीर्तिमान भङ्ग गरेका हुन् ।

उनले एसियाली खेलको मार्चपासमा नेपाली झण्डा बोकेका थिए । उनले ६९ केजी तौल समूह स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

Logo