काठमाडौँ
नेपाली कांग्रसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई प्रदेश सभा डुल्नेकि आफ्ना काम गर्ने भन्ने प्रश्न गरेका छन् । मंगलबार संसदमा बोल्दै थापाले प्रदेश सभाको भ्रमण गरेर उपदेश दिन भन्दा कामको दायित्व निर्वाह गर्न आग्रह गरे । उनले प्रधानमन्त्रीलाई संघीयता सफल बनाउन लाग्न आग्रह गरे ।
प्रधानमन्त्रीको व्यवहार संघीयता विरोधि देखिएको उनको आरोप थियो । प्रधानमन्त्रीका कारण संघीयता माथी प्रश्न उठेको उनको भनाई छ । थापाले अन्तर्वार्तामा मजाक र रोइलो नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।
प्राकृतिक स्रोत र वित्त आयोग अहिले सम्म नबन्नुले धेरै कुरा दर्शाएको थापाको भनाई छ । थापाले यो आयोगको महत्व थाहा छ कि छैन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । स्थानीय सरकारको नियमावली नबन्दा करमा समस्या देखिएको उनले बताए । धेरै कर उठाएर मात्र सफल नहुने उनको भनाई छ । सरकारले करको व्यवस्थापनमा ध्यान दिन नसकेकोले धेरै समस्या आएको थापाले बताए । करकै कारण संघीयता बद्नाम हुन सक्ने खतरा उनले औल्याए ।
नागरिकबाट
प्रतिक्रिया