नयाँ कानुन: सर्वस्वको ब्यबस्था हट्यो, जन्मकैद सजाय बढ्यो

नयाँ कानुन: सर्वस्वको ब्यबस्था हट्यो, जन्मकैद सजाय बढ्यो


सरकारले आजदेखि नयाँ कानुन लागु गर्दैछ । मुलुकी अपराध (संहिता) ऐन लगायतका कानुनहरु आज भदौ १ गतेदेखि लागू हुने भएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’लाई १६५ वर्षपछि प्रतिस्थापन गरी यो संहिता लागु गर्न लागिएको हो ।

मुलुकी अपराध संहिता २०७४ मा ६ प्रकारको अपराधमा आजीवन कैदको ब्यबस्था गरिएको छ । यी अपराधमा संलग्नलाई जिबनभर जेल राख्नु पर्ने कानुनी ब्यबस्था छ । आजीवन कैद नयाँ व्यवस्था हो । संहिताको परिच्छेद ५ मा यी कुराहरु उल्लेख गरिएका छन् ।

१. क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा ।

२. वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा ।

३. अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा ।

४. पेय तथा खाद्य पदार्थमा विष हाली मारेमा ।

५. कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा ।

६. जबर्जस्ती करणी गरि ज्यान गरेमा ।

हट्यो सर्वस्वको सजाय 

आजबाट सर्वस्वसहितको सजाय हुने ब्यबस्था हटेको छ । परिच्छेद ५ को उप दफा २ मा यसको बारेमा ब्याख्या गरिएको छ । ‘कानुनमा कुनै कसुर बापत सर्वस्वको सजायं हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुनेगरी सजाय गरिने छैन ।’ ऐन मा लेखिएको छ ।

जन्मकैदको समय बढ्यो

यस संहितामा जन्मकैदलाई २५ वर्ष बनाइएको छ। यस अघिको मुलुकी ऐनमा २० वर्षलाई जन्मकैदको रूपमा राखिएको थियो ।

Logo