काठमाडौँ

संगठित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीन जनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गरेको छ । "/>

सुन तस्करी प्रकरण : उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर

सुन तस्करी प्रकरण : उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर


काठमाडौँ

संगठित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीन जनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गरेको छ ।

उच्च अदालत बिराटनगरमा भएको बहसपछि मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिँहको संयुक्त्त इजलासले पुण्यप्रसाद लामा र सम्बिरप्रसाद तोलाङेको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको हो । न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त्त इजलासले अभियुक्त्त राजनकुमारको हकमा जिल्लाकै आदेश सदर हुने आदेश गरेको हो ।

जिल्लाको आदेश बेरितको भएको भन्दै ३० जना अभियुक्तले आदेश उल्टाउन माग गर्दै उच्च अदालत बिराटनगरमा निवेदन दिएका थिए । निवेदन दिनेहरुको संख्या धेरै भएपछि उच्च अदालत बिराटनगरमा बिहीबार तीन वटा संयुक्त्त ईजलासमा पेशी तोकिएको थियो । अन्यको हकमा केही अदालतले हेर्न नभ्याएकोले र केही प्रतिवादीका कानुन व्यवसायीले पेशी हटाएकोले सुनवाई हुन नसकेको रजिष्टार नारायण रेग्मीले बताए ।

यस्तै मोरङ प्रहरीले सनम शाक्य हत्या र सुन तस्करी अपराधमा विशेष छानबिन समितिको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङ मार्फत पहिलो चरणमा ६३ र त्यसपछि थप ७ जना गरि ७० जना बिरुद्ध अभियोग दर्ता गराएको थियो । हाल सम्म प्रहरीले सुन तस्करी आरोपमा ७५ जना आरोपीलाई पक्राउ गरिसकेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Logo