मकवानपुर

प्रदेश सभा ३ का साँसदहरुले बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलव्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । "/>

प्रदेश सभा ३ : बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग

प्रदेश सभा ३ : बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग


मकवानपुर

प्रदेश सभा ३ का साँसदहरुले बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलव्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेश सभाको दोस्रो अधिबेशनको ४३ औं बैठकको बिशेष समयमा बोल्ने १५ जना प्रदेश सांसद मध्ये ९ जना सांसदले बाढी पहिरोको बिषयलाई मुद्दा बनाएर धारणा राखेका थिए ।

सत्तापक्ष नेकपाका सरेश नेपालले ३ तहका सरकार भएर पनि बाढी पहिरो पीडितको समस्यालाई टुलुटुलु हेरेर बस्न मिल्छ भनेर प्रश्न गरे । ‘सरकारको संख्या बढ्दै गएको छ, समृद्धिको चर्चा–परिचर्चा हुँदै गएको छ,’ उनले भने, ‘बाढी पहिरोको भयावह स्थितीमा सरकारले जिम्मा लिनुपर्छ, प्रदेशको उपस्थिती देखाउनुपर्छ ।’ नेकपाकै आशामाया तामाङले बाढी पहिरोबाट नुवाकोट र रसुवाका सडक अबरुद्ध हुँदा कुखुरापालक व्यवसायी मारमा परेको बताईन् । नुवाकोटको घ्याङ्गफेदीका २० घर जोखिममा परेको भन्दै उनले मानवीय क्षती पूर्व नै सरकारले चासो देखाउन ध्यानाकर्षण गराईन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रभात तामाङ्गले रसुवा पहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलव्ध गराउन प्रदेश सरकारसँग माग गरे । केरुङ्ग नाकाको पुल मर्मतमा ध्यान दिनुपर्नेमा जोड दिदै उनले भने, ‘भूकम्प सम्बन्धी चासोको बिषय प्रदेश सभा सचिवालयमा दर्ता गराएको थिएँ, त्यसबारेमा जवाफ माग गर्दछु ।’

नेकपाका सांसदहरु प्रतिमा श्रेष्ठ, शान्ती थिङ्ग, नेपाली काँग्रेसका निमा लामा लगायतले बाढी पहिरोबाट बिद्यार्थी, बिरामी र कृषक सबैभन्दा बढी मारमा परेको बताउँदै सडक मर्मतका लागि सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराए ।
नागरिकबाट

Skip This
Logo