काठमाडौं

ठानिन्छ , डाक्टरहरू त पढाइमा तगडा हुन्छन् । तर लाखौं तिरेर पढेका तिनै डाक्टर मध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन् । "/>

एमबीबीएस पास गरेका ७६ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा असफल !

एमबीबीएस पास गरेका ७६ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा असफल !


काठमाडौं

ठानिन्छ , डाक्टरहरू त पढाइमा तगडा हुन्छन् । तर लाखौं तिरेर पढेका तिनै डाक्टर मध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन् । तिनले चिकित्सा सम्बन्धी काम गर्न पाउने छैनन् । डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक पटक आमरण अनशन बस्छन् । एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन् । काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए । नौ जना परीक्षार्थी फाराम भरे पनि परीक्षामा अनुपस्थित थिए । कुल परिक्षार्थी मध्ये १ सय ८९ जना मात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा कृष्ण अधिकारीले जानकारी दिए । असफल हुने परीक्षार्थी स्वदेश र विदेश मध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए ।

वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ । गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए ।

काउन्सिल सदस्य समेत रहेका नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा ढुण्डीराज पौडेलले लाखौं खर्च गरेर पढेका विद्यार्थी लाइसेन्सिङ परीक्षामा असफल भएको देख्दा आफूलाई चिन्ता लागेको बताए । उनले भने, ‘विद्यार्थीहरूमा फ्रस्टेसन आउने र गलत बाटोतिर लागेर अप्रिय घटना हुन सक्ने डर उत्पन्न भएको छ । यसमा सबै पक्ष गम्भीर हुनु पर्ने देखियो ।’
अन्नपूर्णबाट

Logo