गोरखा

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन् । "/>

जनताले छिट्टै सरकारको विकल्प खोज्छन् : बाबुराम

जनताले छिट्टै सरकारको विकल्प खोज्छन् : बाबुराम


गोरखा

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन् । हरेक महिना गृहजिल्ला गोरखा आउने क्रममा शनिबार गोरखा आइपुगेका भट्टराईले सरकारको अहिलेको गतिविधिका कारण जनताले छिट्टै विकल्प खोज्ने दाबी गरेका हुन् । भट्टराईले यस्तो दाबी गर्दै आफूले मुलुकमा अस्थिरता भने नचाहेको प्रष्ट पारे ।

‘त्यत्रो लामो संघर्ष गर्दै १४ बर्ष जेल बसेर आउनु भएका प्रधानमन्त्री, ठूलो विद्रोहको नेतृत्व गरेर आउनु भएका प्रचण्ड र मेरै सहकर्मी माओवादी साथी सहभागी सरकारले जनता र राष्ट्रको पक्षमा केही काम त गर्छ कि भन्ने लागेको थियो’, गोरखाका सांसद रहेका भट्टराईले भने, ‘तर उहाँहरुले केही पनि गर्नु भएन । उल्टै पाँच–छ महिनाको समय भित्र नै उहाँहरुले जनविरोधी, राष्ट्रहित विरोधी चरित्र देखाउनु भयो । त्यो चाहिँ बडो चिन्ताजनक बिषय छ । त्यसैले जनताले छिट्टै नयाँ विकल्प खोज्छन् ।’

सरकारले दुई तिहाइको दुहाइ मात्र दिएर नभै जनपक्षीय काम गर्नु पर्ने उनको भनाइ छ । ‘चुनावमा उहाँहरुले बाँड्नु भएको घोषणापत्र अनुसारको काम त जनताले खोज्छन्’, उनले भने, ‘मेरो भनाइको गलत व्याख्या पनि हुन सक्छ । तर यो सरकार अस्थिर बनोस् भन्ने मैले कत्ति पनि चाहेको छैन ।’
अन्नपूर्णबाट

Logo