चिकित्सक डाक्टर गोविन्द केसीले आफुसंग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । डाक्टर केसीले सनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न सचेत गराउनुभएको हो । "/>

गोविन्द केसी र केपी ओलीबीच के कुरा भयो ? (भिडियोसहित)

गोविन्द केसी र केपी ओलीबीच के कुरा भयो ? (भिडियोसहित)


चिकित्सक डाक्टर गोविन्द केसीले आफुसंग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । डाक्टर केसीले सनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न सचेत गराउनुभएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा डाक्टर केसीले चिकित्सा शिक्षा विधेयक लगायत सहमतिलाई मन्त्रीपरिषद्बाट निर्णय गराउन भएको ढिलाई बारे प्रधानमन्त्रीसंग जिज्ञासा राख्नुभएको थियो ।

प्रधानमन्त्रीको जवाफ भने ठोस रुपमा नआएको डाक्टर केसीले बताउनुभयो । भेटपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले आफुसंग भएको सहमति कार्यान्वयनबारे प्रधानमन्त्रीले ठोस जवाफ नदिएको बताउनुभयो ।

१५ पटक सम्म सत्याग्रह गरेका डाक्टर केसीले सहमति कार्यान्वयन भएन भने १६ औ पटक पनि सत्याग्रह गर्न सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको बताउनुभयो । अध्यादेशमा भएका प्रावधान विपरित हुने गरि मन्त्रीपरिषद्ले गरेका निर्णय हटाउन सरकार सहमत भएपछि डाक्टर केसीले १५ औ सत्याग्रह तोड्नुभएको थियो ।

Logo