सिड्नीमा तीज मेला, चर्चित कलाकारहरुको प्रस्तुती

सिड्नीमा तीज मेला, चर्चित कलाकारहरुको प्रस्तुती


भिष्म ओली (ओली भाई)
केन्दबिन्दु सम्वाददाता
सिड्नी अष्ट्रेलिया

हरितालिका तिजका लागी अष्ट्रेलियामा कलाकारहरु आउन सुरु गरेका छन् । यसै क्रममा मायालु इन्टरटेन्मेन्ट्सको मल्टी डाइनामिक तीज मेलाकालागि कलाकारहरु कोमल वली, खुमन अधिकारी, तेजश रेग्मी, शान्ति श्री परियार आज सिड्नी आईपुग्नु भएको छ ।

भोलि सिड्निको अलावा पार्क मा दिउसो १२ बजेदेखि साँझ ६ बजेसम्म हुन गइरहेको यो कार्यक्रम यो सालको पहिलो तिज कार्यक्रम हुनेछ । गायिका कोमल वली र गायक खुमन अधिकारी सिड्नीका दर्शकहरूका लागी कुनै पुरानो नाम होइन । गत बर्षको नारी निकुञ्जको कार्यक्रममा तहल्का मच्चाउने गायिका वलीले कार्यक्रमको अन्त्यमा अर्को साल पनि तपाईंहरूलाई आएर मनोरञ्जन दिने बताउनुभएको थियो । आफनो बाचा अनुसार यो साल पनि दर्शकहरुलाई भरपूर मनोरञ्जन दिन पाउदा अत्यन्त खुसी भएको बताउनुभयो । त्यसतै नेप्लिज स्कवाड इन्टरटेनमेन्टको कार्यक्रममा घेरैको वाहवाही पाएका गायक खुमन अधिकारी सबैका मनमै बसेका छन् ।

तेजश रेग्मी र शान्ति श्री परियारले सिड्नीका नेपालीको कत्तिको जित्न सक्छन् त्यो भने हेर्न बाँकी नै छ । त्यसतै यो कार्यक्रमको अर्को आकर्षण छन सिड्नीका डिजे नटकेस । धेरै नेपालीहरूको मनमा बस्न सफल डिजे नटकेस सिड्नीका नेपाली समुदायका एक प्रख्यात डिजे हुन । नेपालीहरूको जुनसुकै पार्टी होस या संगीतिक कार्यक्रम डिजे नटकेस नभएको कमै ठाउँ हुन्छ! बिदेशमा आएर पनि नेपाली दाजुलाई दिदीबहिनीहरुलाई तिजमा राम्रो कार्यक्रम दिदा धेरै खुशी लागेको आयोजक बिष्णु सापकोटा बताउँछन् ।

धेरै नेपाली कार्यक्रमहरू गर्दै आएका सापकोटा तिजको कार्यक्रम गर्दा भने भिन्न खुशी देखिन्छन् । आगामि दिनहरूमा अझै राम्रो किसिमको कार्यक्रम नेपाली दर्शकहरुलाई दिने सोच बनाई रहेका सापकोटा सिड्नीमा भएका नेपाली समाजमा एक चिर परिचित नाम हो ।

त्यसतै भोलि नै सिड्नीमा अर्को पनि तिज कार्यक्रम हुदैछ । नारी निकुञ्जले आयोजना गरेको नारी निकुञ्जको कार्यक्रमका लागि गायिका मान्डवी त्रिपाठी सिड्नी आईपुगी सक्नु भएको छ । साँझ ५:३० बाट सुरू हुने यो कार्यक्रम सिड्नीको क्यामसी अवस्थित ओरियन फङ्सन सेन्टरमा हुदैछ ।

प्रत्येक वर्ष तिज कार्यक्रम गरेको नारी निकुञ्जले कार्यक्रमबाट बाँकी रहेको पैसा शैक्षिक क्षेत्रमा र नेपालका बिभिन्न जिल्लामा पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरूको उपचारमा सहयोग गर्ने छ ।

Logo