काठमाडौं

सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । "/>

सङ्घीयता कार्यान्वयनका लागि विश्वबैंकले नेपाललाई १० अर्ब ऋण सहयोग दिने

सङ्घीयता कार्यान्वयनका लागि विश्वबैंकले नेपाललाई १० अर्ब ऋण सहयोग दिने


काठमाडौं

सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।

नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबार देखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋण स्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो ।

बैठकमा नेपालका आवश्यकता तथा पाँच वर्षे साझेदारी ढाँचा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनतालाई सुशासन, न्याय, सुरक्षा, आधाभूत सेवा प्रवाह गर्न तथा संघीयता तर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनीति उपयोगी हुने बताएको विश्व बैंकले जनाएको छ ।

उक्त बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले निकट भविष्यमा प्राप्त हुने उक्त ऋण सहायताबाट नेपालको गरिबी घटाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा समावेशी विकासमा भरथेग गर्न मद्दत पुग्ने बताए ।
रासस

Skip This
Logo