आमाकै सहयोगमा १४ वर्षिया छोरीमाथी बलात्कारको प्रयास

आमाकै सहयोगमा १४ वर्षिया छोरीमाथी बलात्कारको प्रयास


विराटनगरमा १४ वर्षिया बालिकालाई बलात्कारको प्रयास गरिएको छ । विराटनगर वडा नम्बर १५ मा एक महिलाको सहयोगमा १४ वर्षीया बालिकालाई विराटनगर ५ बस्ने शम्भु पाण्डेले बलात्कारको प्रयास गरेका हुन् । ती बालिका तीनै महिलाका छोरी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पीडित बालिकाका बुवाले प्रहरीमा उजुरी समेत दिएका छन् । उनका बुवाले दिएको उजुरीमा पाण्डे र बालिकाकी आमा मंगलबार दिउँसो ४ बजे आफू नभएको मौका छोपेर कोठामा अस्तव्यस्त शारीरिक अवस्थामा रक्सी र मासु खाएर बसेको र सोही बेला छोरी स्कुलबाट घर पुग्दा बलात्कारको प्रयास भएको उल्लेख छ।

जाहेरीमा उल्लेख भएअनुसार पाण्डेले बालिकाले स्कुलको ड्रेस चेन्ज गरेको बेलामा उनकै कोठामा गएर आमालाई २०० रुपैयाँ दिने कुरा गरेको र बालिकालाई पनि ५० रुपैयाँ दिन्छु, डान्स सिकाइदिन्छु, हिरोइन बनाइदिन्छु भन्दै जबर्जस्ती गरेको हो ।

अभियुक्त पाण्डेले बालिकाको संवेदनशील अंगमा हात पुर्‍याएर कपडा खोल्ने प्रयास गर्दा उनी भाग्ने प्रयास गरेकी थिइन् तर उनकै आमाले ढोकामा उभिएर भाग्न उम्कन नदिई छोरीको खुट्टा समाएको र पाण्डेले हात समाई भुइँमा लडाउने प्रयास गरेको जाहेरीमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालयका मोरङका डीएसपी घनश्याम श्रेष्ठकाअनुसार अहिले बालिकाकी आमालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको छ । भने फरार पाण्डेको खोजी कार्य जारी रहेको छ ।

Skip This
Logo