काठमाडौं

शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो । "/>

विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो , हो-हल्ला भएपछि कार्यक्रम स्थगित

विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो , हो-हल्ला भएपछि कार्यक्रम स्थगित


काठमाडौं

शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो ।

पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाए । नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट गरेको भन्दै युवाले नाराजुलुस गरेका हुन् । उनीहरुले ‘युवा अघि बढ्छ देश अघि सर्छ’, भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरे ।

असन्तुष्ट युवा समूहले जिल्ला संयोजक लोकतान्त्रिक पद्धतिबाट चयन गर्नुपर्नेमा जोड दिए । असन्तुष्ट समूहबाट बोल्दै एक युवाले भने, ‘हामीले हाम्रा जिल्ला संयोजक आफैं चुन्न पाउँने कि नपाउँने ? यही प्रश्न यहाँ राख्न चाहन्छु ।’

होहल्ला हात हालाहालको अवस्थामा पुगेपछि प्रवक्ता डा सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउने प्रयास गरे । ‘हामी यहाँ बिजनेस र पदका लागि आएका होइनौँ । अहिले देखि पद खोज्ने बेला होइन’, आक्रोशित बनेका आचार्यले भने, ‘तपाईंहरु चुप लाग्नुहोस्, पदका लागि होइन विचारका लागि झगडा र बहस गरौँ । विचारको हामी सम्मान गर्छौँ । तर यहाँ मर्यादा राखेर बहस गरौँ ।’

आचार्यले सम्झाउने प्रयास गर्दा कार्यक्रममा अझ धेरै तनाव बढ्यो । त्यसपछि संयोजक रवीन्द्र मिश्र मञ्चमा पुगे । उनले मनोनित संयोजकलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गरे । मिश्रले कार्यक्रम समापनको घोषणा गरेपछि कार्यक्रकर्ता नाराबाजी गर्दै हलबाट बाहिर निस्किए ।

शनिबार नै साझा पार्टी सांस्कृतिक उल्लासका साथ आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय बखुण्डोलमा साझा पार्टीले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो । एक बर्ष अघि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापाको विवेकशील नेपाल पार्टीबीच एकता भएको थियो ।
अन्नपूर्णबाट

Skip This
Logo