नारायणगढ-मुग्लिन सडकखण्डमा दिनदिनै पहिरो

नारायणगढ-मुग्लिन सडकखण्डमा दिनदिनै पहिरो


नारायणगढ-मुग्लिन सडकखण्डमा दिनहु जसो पहिरो खस्न थालेको छ । आज शनिबार पनि घुमाउनेमा पहिरो खसेपछि बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ ।

माथिबाट ढुंगा झरिरहेकाले पहिरो पन्छाउन समय लाग्ने भएको छ । सडक बन्द भएपछि राजधानीबाट बाहिर जाँदै गरेका तथा विभिन्न जिल्लाबाट राजधानी आउँदै गरेका सवारीसाधनको लामो लाइन लागेको छ।

यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खस्दा पाँच घण्टा सडक बन्द भएको थियो। यो सडक खण्ड मर्मतको क्रममा रहेकाले जोखिम बढेको छ ।

Logo