संसदीय समितिमा मतदान भए जोशी ‘आउट’ !

संसदीय समितिमा मतदान भए जोशी ‘आउट’ !


प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिमा मतदान हुने सम्भावना बढेको छ । शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकमा निर्णय हुन् नसकेपछि नेपाल कम्युनिष्ट पार्टीका सांसदले मतदान गर्ने प्रस्ताव गरेका थिए।

मतदानको प्रस्ताव आएलगतै प्रतिपक्षी नेपाली कांग्रेसले समय मागेर आपसी छलफल गरिरहेको छ । बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । अहिले दुबै दलका सांसदले छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

यसैबीच समिति सचिवालयले मतदानको तयारी भइरहेको जनाएको छ। मतदान भएमा जोशी प्रधानन्यायाधीश नबन्ने करिब पक्कापक्की छ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू जोशीलाई अनुमोदन नगर्ने पक्षमा छन् । संघीय समाजवादी फोरमसहित समितिमा सत्तापक्षका दुई तिहाइ सदस्य छन् । 

प्रधानन्यायाधीश सिफारिश जोशीको साउन १० गते संसदीय सुनुवाइ भएको थियो। शैक्षिक प्रमाण पत्र र कार्यसम्पादनलाई आधार मानेर समितिमा बिबाद आएको हो ।

Logo