काठमाडौं

नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । "/>

लोपोन्मुख र दुर्लभ डल्फिन कैलालीमा बाक्लै भेटिए

लोपोन्मुख र दुर्लभ डल्फिन कैलालीमा बाक्लै भेटिए


काठमाडौं

नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् ।

नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन÷अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा वच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् । २८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद प्रा डा मुकेश चालिसे जानकारी दिए ।

चालिसे नेतृत्वको टोलीले गत शुक्रवार र शनिवार मोहना र आसपासका जलप्रणालीमा डल्फिनको वस्तुस्थिती अध्ययन गरेको थियो । मोहना नदीका करिव ५० मध्ये ३७ वटा घाटमा सुक्ष्म अध्ययन/अवलोकन गर्दा पथरिया र मोहनाको दोभानको एउटै घाटमा ७ वटा डल्फिन देखिएको उनले जानकारी दिए ।

‘पथरिया र मोहना दोभान बाहेक अन्यत्र एकै साथ त्यस्तो ठूलो संख्या भेटिएन, ३७ वटा घाटको अवलोकन गर्दा २४ ठाउँमा डल्फिन भेटिए, चालिसेले भने – ‘बाँकी १३ वटा घाटमा भने देखिएन ।’ गणनाका क्रममा वर्षा नभएकाले जलसतह घट्दा अपेक्षा गरिएका भेगमा सो जन्तुको चहल–पहल नदेखिएको उनको भनाई छ । डल्फिन गणना कार्यका लागि ६३ जनशक्ति परिचालन गरिएका थिए भने स्थानीय डल्फिन संरक्षण केन्द्रका अध्यक्ष ८४ बर्षिय भोजराज श्रेष्ठ सहितको टोलीले पनि सघाएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo