काठमाडौं

प्रमूख सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टी भित्र होस् या बाहिर मन नपरेको विषयमा खरो रुपमा प्रस्तुत हुन्छन् । "/>

यस कारण असन्तुष्ट छन् अध्यक्षद्वयसँग नारायणकाजी

यस कारण असन्तुष्ट छन् अध्यक्षद्वयसँग नारायणकाजी


काठमाडौं

प्रमूख सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टी भित्र होस् या बाहिर मन नपरेको विषयमा खरो रुपमा प्रस्तुत हुन्छन् । अवसर मिले सम्म पार्टीको प्लेटर्फममा नमिले सामाजिक सञ्जालमै भएपनि उनी आफ्ना असन्तुष्टिलाई व्यक्त गरेरै छाड्छन् । बैठक, प्रशिक्षण र सार्वजनिक कार्यक्रम बाहेक उनले असन्तुष्टि पोख्न धेरै प्रयोग गर्ने माध्यम हो, सामाजिक सञ्जाल ।

पछिल्लो समय एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा उनी प्रवक्ताको जिम्मेवारी सम्हाली रहेका छन् । केही समय मत्थर जस्तो देखिएका नारायणकाजी केही साता यता फेरि लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्, त्यो पनि पार्टीको नेतृत्व सम्हाली रहेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध । उनको यो शृंखला प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिने देखि सार्वजनिक कार्यक्रममै नेतृत्वको आलोचना सम्म पुगेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसी गत १६ असार देखि जुम्लामा अनशन बसे । अनशनका सुरुवाती दिनमा सरकार प्रमूख र सत्तारुढ दल नेकपाले केसीका मागलाई खासै वास्ता गरेन । तर जब केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि प्रमूख प्रतिपक्षी दल कांग्रेसले त्यसैलाई एजेन्डा बनाएर सडक तताउन थाल्यो । कांग्रेस बाहेकका अन्य दल र समूहहरुले केसीको अनशनसँगै जुम्ला र काठमाडौँमा सरकारविरुद्ध साना–ठूला कार्यक्रम गरिरहेकै थिए । सरकार सबैको घेराबन्दीमा परिसकेको थियो । त्यहीबीचमा पार्टी प्रवक्ता नारायणकाजीले सामाजिक सञ्जालमा केसीका मागमा गम्भीर हुनुपर्ने धारणा सार्वजनिक गरे ।

‘हाम्रो पार्टी नेकपाका नेता कार्यकर्ताहरु र सरकारले पनि माथेमा प्रतिवेदनको सकारात्मक पक्षहरुलाई बिना पूर्वाग्रह आत्मसात गरेर समाजवाद उन्मुख चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा त्यसलाई प्रयोग गर्ने तत्परता प्रदर्शन गर्नुपर्छ । गम्भीर होऔं, ठण्डा दिमागले सोचौं र जनमूखी काम गरौँ’ श्रेष्ठले ट्वीट मार्फत धारणा राखे ।

त्यसपछि पनि उनले लगातार केसीका मागलाई ध्यान दिनुपर्ने भन्दै केही ट्वीटहरु गरिरहे, सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । व्यावसायी दुर्गा प्रसाईँले बंगालादेशमा अध्ययनरत नेपाली महिला विद्यार्थीका विषयमा दिएको अभिव्यक्तिमा आत्मालोचना गराउनुपर्ने र समस्याको समाधान खोज्नुपर्नेमा पनि उनी बोली नै रहे । व्यावसायी प्रसाईँ तिनै व्यक्ति हुन् जसको घरमा अध्यक्षद्वय ओली र प्रचण्डले मार्सी चामलको भात खाएको भनेर सामाजिक सञ्चालमा व्यापक आलोचना भएको थियो ।

केसीको अनशनपछि नाराणकाजीकै कारण दुई पटक नेकपाको सचिवालय बैठक बस्यो । डा केसीको अनशनलाई कसरी समाधान गर्ने भन्ने विषयमा ५ साउनको बैठकमा सामान्य छलफल भयो । त्यसको भोलिपल्ट ६ साउनको बेलुका उनले मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नागरिक अगुवा श्याम श्रेष्ठ र त्यसपछि अनशनमै रहेका डा केसीलाई अस्पतालमै पुगेर भेटे । अर्को दिन ७ साउनमा पार्टीको सचिवालय बैठक पुनः बस्यो । त्यही बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँगको भनाभन् र अर्का अध्यक्ष प्रचण्डसँगको असहमतिपछि उनले पार्टी प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिँदै भने, ‘तपाईँहरुको प्रवक्ता तपाईँ नै राख्नुस् ।’
नयाँ पत्रिकाबाट

Logo