फेरी आयो ज्यान लिने भिडियो गेम

फेरी आयो ज्यान लिने भिडियो गेम


ईन्टरनेटमा केही महिना अगाडी आएको ब्लु ह्वेल गेमले बालबालिकालाई आत्महत्या गर्न उक्साएको समाचार आएको थियो । अहिले यो भिडियो गेमको चर्चा सेलाउन नपाउदैं मेसेन्जिङ एपमा ह्वाट्स अप मार्फत् अर्को ज्यान लिने किसिमको भिडियो गेम भाइरल भैरहेको छ ।

मोमो च्यालेन्ज नाम गरेको यो भिडियो गेम अहिले अमेरिका, फ्रान्स, मेक्सिको र अर्जेन्टिनामा ब्यापक रुपमा भाइरल भैरहेको छ । यो भिडियो गेम कहाँवाट आएको भन्ने बिषयमा अहिलेसम्म कुनै किसिमको जानकारी प्राप्त हुन सकेको छैन । तर यो भिडियो गेमले पनि ब्लु ह्वेलले जस्तै खेल्ने ब्यक्तिलाई लेभल चढाउन उक्साउदैं आत्महत्याको बाटोसम्म पुर्‍याउने गरेको छ ।

ब्लु ह्वेल भिडियो गेममा पनि एउटा लेभलवाट अर्को लेभलमा पुग्न भिडियो गेम खेल्ने ब्यक्तिले बास्तविक जिवनमा खतरनाक कामहरु गर्नुपर्ने हुन्छ । यो कुराको प्रमाण देखाएपछि मात्र अर्को लेभलमा पुग्ने ब्यवस्था मिलाएको हुन्छ । अहिले ह्वाट्स अपमा भाइरल भैरहेको मामो च्यालेन्जमा एउटा फोन नम्बर दिईएको हुन्छ । उक्त फोन नम्बर जापानको रहेको अनुमान गरिएको छ । यो नम्बरमा फोन गरेपछि मेसेज आउछ । मेसेज आएपछि उक्त नम्बरवाट अज्ञात ब्यक्तिहरुलाई मेसेज पठाउन च्यालेन्ज आउने गर्छ । उक्त नम्बरलाई सेभ गरेपछि कुराकानी गर्न लगाउछ । त्यसपछि उक्त नम्बरवाट बिभिन्न किसिमका तर्साउने किसिमका तस्विरहरु आउछ र प्रयोगकर्तालाई बिभिन्न किसिमका चुनौतीहरु प्रस्तुत दिइन्छ । यो चुनौतीहरु पुरा नगरेमा बेला बेलामा उक्त नम्बरवाट धम्किहरु समेत आउन थाल्छ ।

अर्जेन्टिनाको ब्यूनर्स आयर्सवाट प्रकाशित हुने ब्यूनर्स आयर्स टाईम्सले एक १२ बर्षिय बालिकाको मृत्युको अनुसन्धानको क्रममा उनको मोवाइलमा उक्त गेमले रहेको पाईएको थियो । प्रहरीका अनुसार उक्त भिडियो गेमलाई एक १८ बर्षिय ब्यक्तिले उक्त खेल मृत्यु भएकी बालिकालाई पठाएको देखिएको थियो । मोमो च्यालेन्जमा उक्त बालिकालाई आफ्नो सुसाइड नोट बनाएर अपलोड गर्नलाई पनि भनिएको थियो ।

बालबालिकालाई कसरी जोगाउने
ह्वाट्स अपवाट फैलिएको यो भिडियो गेमको प्रभाव अहिले दक्षिण एशियाली क्षेत्रमा खासै प्रबेश गरेको छैन । तर सामाजिक संजालमा कुनै पनि किसिमको प्रतिबन्ध नरहेको कारण कुनै पनि बेला भित्रिन सक्ने देखिएको छ । त्यसैले आफ्नो बालबालिकाले सामाजिक संजालमा के कुरा चलाईरहेका छन् भन्ने कुरा अभिभावकले जानकारी लिइरहनु पर्छ ।

यो भिडियो गेम खेलेपछि अज्ञात नम्बरहरु फोनमा आउने हुनाले त्यस्तो नम्बरवाट फोन आएमा कतै आफ्नो बच्चाले यही भिडियो गेम खेलिरहेको थाहा पाउन सकिन्छ । त्यसपछि सामाजिक संजाल चलाएर आफ्नो बालबालिकाको ब्यवहारमा परिवर्तन आएमा मनोबिज्ञको सल्लाह लिनु राम्रो हुन्छ ।

Logo