काठमाडौं

सरकारले कम्पनी इजाजतको धरौटी रकम बढाएर ६ करोड पु¥याउने प्रस्ताव ल्याएपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएका छन् । "/>

६ करोड धरौटीको विरोधमा वैदेशिक रोजगार व्यवसायी आन्दोलित

६ करोड धरौटीको विरोधमा वैदेशिक रोजगार व्यवसायी आन्दोलित


काठमाडौं

सरकारले कम्पनी इजाजतको धरौटी रकम बढाएर ६ करोड पु¥याउने प्रस्ताव ल्याएपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएका छन् । बुधबार भएको व्यवसायीको बृहत भेलाले यस्तो निर्णय गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा सम्पन्न भएको व्यवसायीको सो निर्णयपछि सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने तयारी गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले व्यवसायीको भावनाविपरीत काम गरे आफ्ना लाइसेन्स बुझाएर म्यानपावर कम्पनीहरू बन्द गरिने बताए । बुधबार सम्पन्न व्यवसायीहरूको भेलाले संकल्प प्रस्ताव पारित गरेको जानकारी गराउँदै उनले धरौटी रकम बढाएर ६ करोड पु¥याउने सरकारको प्रस्ताव फिर्ताका लागि दबाब दिन ५१ सदस्य संघर्ष समिति गठन भएको बताए ।

समितिले आगामी ७ दिन भित्र धरौटी रकम बढाएर ६ करोड पु¥याउने प्रस्ताव फिर्ता गर्न अल्टिमेटम दिएको बताए । उनले ६ करोड रुपैयाँ धरौटी पु¥याइए वैदेशिक रोजगार व्यवसाय नै ध्वस्त हुने दाबी गरे । उनले सरकारले गरेको यस्तो प्रस्तावको विरोधमा व्यवसायीले पूर्व श्रम स्वीकृतिका सबै काम ठप्प गरी कामदार विदेश पठाउने कार्य नै बन्द गर्ने चेतावनी दिए ।

६ करोड धरौटी पु¥याउने प्रस्तावविरुद्ध म्यानपावर कम्पनी बन्द गरेर लाइसेन्स सरकारलाई नै बुझाउने तयारीमा रहेको जानकारी गराउँदै अध्यक्ष गुरुङले भने, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्ने भन्दा पनि हाम्रो व्यवसाय ध्वस्त पार्न लाग्नु भएको महसुस भएको छ ।’
राजधानीबाट

Logo