महोत्तरी
महोत्तरीमा समोसा भित्र भ्यागुतो भेटिएको छ । गौशाला बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याएको समोसामा भ्यागुतो फेला परेको हो । "/>

खान लागेको समोसामा भ्यागुतो भेटिएपछि होटल संचालक पक्राउ !

खान लागेको समोसामा भ्यागुतो भेटिएपछि होटल संचालक पक्राउ !


महोत्तरी
महोत्तरीमा समोसा भित्र भ्यागुतो भेटिएको छ । गौशाला बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याएको समोसामा भ्यागुतो फेला परेको हो । एक कार्यक्रममा खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

पसलका संचालक ३० वर्षीय धवेन्द्र साहलाई मंगलबार बेलुका नै प्रहरीले पक्राउ गरी सोधपुछपछि उद्योग वाणिज्य संघ गौशाला पदाधिकारीका रोहबरमा छोडेको थियो ।

इलाका प्रहरी कार्यालय गौशाला इन्स्पेक्टर भोला भट्टले कारवाही गर्ने अधिकार आफुसँग नभएकाले जमानतमा छोडिएको बताए । अखाद्य वस्तुको अनुगमन र निरीक्षण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग रहेको समेत उनले स्पष्ट पारे ।

उद्योग वाणिज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले उपभोक्तालाई पैसा लिएर विक्री गरेको समोसा भित्र भ्यागुतो भेटिनु ठूलो लापरवाही रहेको बताएका छन् । पसलका सञ्चालक साहले घटना दुर्घटनावस भएको भन्दै माफी मागेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo