काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । "/>

सत्ता साझेदार दल बीच भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै

सत्ता साझेदार दल बीच भागबन्डा मिलाउन कृषि मन्त्रालय टुक्र्याइँदै


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ । कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । अर्याललाई फुलमन्त्री बनाएपछि स्वास्थ्य राज्यमन्त्री फोरमबाट एक सांसदलाई बनाइनेछ । फोरमबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनिसकेका छन् । तर अर्को एक राज्यमन्त्री पनि फोरमलाई दिने सहमति भएको थियो ।

कृषि मन्त्रालय फुटाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको प्रचण्डको सचिवालयले जानकारी दियो ।

यता तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीन जनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।
नयाँ पत्रिकाबाट

Logo