नरिवलको तेलको गुण संझौ

नरिवलको तेलको गुण संझौ


बजारमा धेरै किसिमका कस्मेटिक तेलहरु आउन थालेपछि धेरैले नरिवलको तेललाई बिर्सिसकेका छन् । नरिवलको तेल प्रयोग गर्नेहरु कतिपयलाई यो तेलको गुणवारे थाहा हुन पनि छोडिसकेको छ ।

नरिवलको तेल धेरैनै गुणले भरिएको छ । नरिवलको तेललाई कपाल र स्क्रिनलाई स्वस्थ बनाउन धेरै नै महत्वपूर्ण मानिएको छ । यो तेलमा रहेको एन्टिब्याक्टेरियल र एन्टिफंगलको गुणले यो तेल कपाल देखि छालासम्मलाई अत्याधिक गुणकारी मानिन्छ । नरिवालको तेललाई बिभिन्न किसिमले प्रयोग गरेर जसले पनि आफ्नो सौन्दर्यमा निखार ल्याउन सक्छन् ।

स्किन मोइस्चराइजर:

नरिवलको तेलमा फैटी एसिडको साथै भिटामिन ई पनि रहेको हुन्छ । यो पदार्थले छालालाई राम्रो गर्नुका साथै छालालाई चाहिने पोषक तत्व पनि प्रदान गर्छ । नरिवलको तेलले सुख्खा छालालाई मुलायम पनि बनाउछ । यसको नियमित प्रयोगले छालामा केही दिनमै परिवर्तन ल्याएको कुरा महसुस गर्न सकिन्छ ।

मेकअप रिमुभर:

बजारमा अहिले धेरै किसिमका मेकअप रिमुभरहरु रहेका छन् । तर धेरै थोरैले नरिवलको तेललाई मेकअप रिमुभरको रुपमा प्रयोग गर्ने गरेका हुन्छन् । नरिवलको तेलले नर्मल मेकअप देखि वाटरप्रुफ मेकअपसम्मलाई हटाउन सकिन्छ । यो वाहेक नरिवलको तेललाई त्यत्तिकै अनुहारमा दल्दा अनुहारमा भएका फोहोरहरु पनि सफा हुन्छ ।

हेयर मास्क:

कपालको लागि नरिवलको तेल सर्वाधिक उपयोगि मानिन्छ । नरिवलको तेललाई त्यत्तिकै पनि कपालमा लगाउन सकिन्छ भने त्यसमा दहि र कागतिको रस मिलाएर पनि लगाउन सक्नुहुन्छ । यसरी लगाउदा कपाल चम्किलो र सिल्कि हुनुका साथै टाउकोमा रहेको चायाँ समेत हराउदै जान्छ ।

Logo