काठमाडौं

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । "/>

मोदी भ्रमणमा सरकारको मनपरी खर्च

मोदी भ्रमणमा सरकारको मनपरी खर्च


काठमाडौं

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिबद्धता विपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको हो ।

वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै काठमाडौं आएका मोदी वैशाख २९ गते नै स्वदेश फिर्ता भएका थिए । अर्थ मन्त्रालयले २ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी, महानगरीय सशस्त्र प्रहरी, क्षेत्रीय सशस्त्र प्रहरीका नाममा उक्त रकम निकासा दिएको हो ।

बहालवाला तथा पूर्व प्रशासकहरू नै यत्रो खर्च अस्वभाविक भएको बताउँछन् । “भारतीय प्रधानमन्त्रीको करिव ३० घण्टाको बसाइका क्रममा यतिधेरै खर्च देखाएर भुक्तानी दिनु स्वभाविक मान्न सकिदैन,” एक सचिव भन्छन्, “एकातिर खर्चमा आर्थिक अनुशासन र मितव्ययिता भन्ने, अर्कातिर अस्वभाविक बिल भुक्तानी अर्थबाटै स्वीकृति गर्नेकुरा पटक्कै सुहाएन ।”

अर्थ मन्त्रालयका अनुसार मोदी भ्रमण व्यवस्थापनका नाममा परराष्ट्र मन्त्रालयले १ करोड २८ लाख १० हजार ९ सय १९ रुपैयाँ लिएको छ । त्यस्तै मोदीलाई नागरिक अभिनन्दन गरेको २ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयले ३ करोड १२ लाख ३५ हजार ३ सय ५८, गृह मन्त्रालयले ६५ लाख, २ नम्बर, ३ नम्बर र ४ नम्बर प्रदेश अन्तर्गत रहेका ८ वटा जिल्ला प्रशासन कार्यालयले २६ लाख ३२ हजार नेपाली सेनाले २२ लाख ४५ हजा रुपैयाँ लिएका छन् ।

यसैगरी ती प्रशासन अन्तर्गतकै जिल्ला प्रहरी कार्यालयले ४८ लाख ६४ हजार, महानगरीय प्रहरीले २६ लाख ३५ हजार, महानगरीय सशस्त्र प्रहरी कार्यालयले १८ लाख ४६ हजार तथा पथलैया र पोखरा स्थित सशस्त्र प्रहरीका २ वटा बाहिनीले ८ लाख ५० हजार रुपैयाँ मोदी भ्रमण व्यवस्थापन खर्च बापत बुझेका छन् ।
कारोबारबाट

Logo