काठमाडौँ

विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ । "/>

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन


काठमाडौँ

विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ । अध्यक्ष सिंहको आज आइतबार बिहान करिव ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।

हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा निधन भएको जनाइएको छ । उनी बेलायतका लागि पूर्वराजदुत समेत थिए ।

सिंह नेपाली सेनाका पूर्वजर्नेल पनि हुन्। उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि आइतबार मध्यान्ह १२ बजे पशुपति, वनकालीको हंसमण्डपमा राखिने बताइएको छ।

सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। सिंहका तीन छोरा छन्।

Logo