काठमाडौँ

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौँमा शनिबार बसेको छ । "/>

नेपाल तेह्रौं सागमा केन्द्रित : आयोजनाको जिम्मेवारी पनि नेपालकै

नेपाल तेह्रौं सागमा केन्द्रित : आयोजनाको जिम्मेवारी पनि नेपालकै


काठमाडौँ

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौँमा शनिबार बसेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बसेको बैठकमा भुटान बाहेक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी छ राष्ट्र सहभागी थिए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले एनओसी र राष्ट्रिय खेल संघहरूको ध्यान १३ औँ सागमा पूर्णरुपमा केन्द्रित रहेको जानकारी गराउँदै सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए । सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउँदै विगतको तुलनामा खेलकुदको बजेट झन्डै दोब्बरले वृद्धि भएको उनले जानकारी दिए ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौँ आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरूले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशाला सहित विभिन्न खेल पूर्वाधारको निरीक्षण समेत गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ सहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै कभर्ड हल र टेनिस कोर्टको निरीक्षण पनि गरेको थियो । टोलीलाई सदस्य–सचिव विष्ट, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्याय, इन्जिनियरद्वय तिलोत्तमा बस्याल र विश्वमित्र सन्जेलले कार्य प्रगतिबारे जानकारी गराएका थिए ।
रासस

Logo