काठमाडौं

विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन् । "/>

मदिराले मातिएका गणेश थापाको पूर्वसांसद खतिवडालाई यस्तो धम्की !

मदिराले मातिएका गणेश थापाको पूर्वसांसद खतिवडालाई यस्तो धम्की !


काठमाडौं

विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन् । मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० वर्ष सम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालाई तथानाम गाली गरेर ‘ठिक पार्ने’ धम्की दिएका हुन् । खतिवडा अघिल्लो संसद्को सार्वजनिक लेखा समितिका सदस्य थिए ।

अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष सिफारिस गरेको थियो । अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए । आफूलाई कारबाही गरिएको विषयमा उनले खतिवडालाई धम्की दिएका हुन् ।

कांग्रेस नेता खतिवडाका अनुसार थापाले ‘मुलुकमा तपाईं मात्रै नेता हुनुहुन्छ ? मलाई कारबाही गर्न अरूलाई चासो नलाग्ने तपार्इंलाई मात्रै लाग्ने किन ? कांग्रेस–कम्युनिस्ट सबै सांसद मेरो पक्षमा भएका बेला तपाईंका कारण म कारबाहीमा परें, अब तपाईंलाई ठिक पार्छु’ भन्दै आक्रोश पोखेका थिए । ‘थापासँग मैले हात मिलाउन खोजें, उहाँ म माथि गाली गलौजमा उत्रिनु भयो’, खतिवडाले भने ।

एन्फाका तत्कालीन अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्ष सम्म फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन रोक लगाएको छ । चार वर्ष लामो छानबिनपछि व्यक्तिगत लाभका लागि भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै फिफाले उनलाई २१ लाख रुपैयाँ जरिबाना सहित १० वर्षसम्म फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन रोक लगाएको थियो ।

मदिराले मातिएका थापाले एन्फामा रहेका सबै व्यक्तिले आफूसँग माफी मागिसकेको बताउँदै खतिवडालाई पनि माफी माग्न दबाब दिएका थिए । ‘फिफाको निलम्बन म आफैं मिलाउँथें, लेखा समितिबाट मलाई किन कारबाही गर्ने निर्णय गरेको ? तपाईंले पनि म सँग माफी माग्नुपर्छ’ भन्दै थापा खतिवडातर्फ लम्किएका थिए । खतिवडाले समितिमा परेको उजुरी र प्राप्त कागजपत्र अनुसार कारबाही गरिएकाले किन माफी माग्ने भन्दै प्रतिवाद गरेका थिए । स्थिति तनावपूर्ण भएपछि भोजमा सहभागी वरिष्ठ अधिवक्ता शम्भु थापाले उनलाई सम्हालेका थिए ।
नागरिकबाट

Logo