काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०५ औँ जन्मजयन्ती हो । यस अवसरमा यस वर्ष हुने त्रिदिवसीय बृहत हिमवत्खण्ड कला साहित्य सम्मेलन जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ । "/>

आज २०५ औं भानु जयन्ती : विविध साहित्यिक कार्यक्रमको आयोजना गरि मनाइँदै

आज २०५ औं भानु जयन्ती : विविध साहित्यिक कार्यक्रमको आयोजना गरि मनाइँदै


काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०५ औँ जन्मजयन्ती हो । यस अवसरमा यस वर्ष हुने त्रिदिवसीय बृहत हिमवत्खण्ड कला साहित्य सम्मेलन जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ । विगतमा परम्परागत रुपमा उनको जन्मजयन्ती मनाइए पनि यसवर्ष भने फरक शैलीमा मनाउन लागिएको हो ।

भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गर्ने त्रिदिवसीय सो साहित्य सम्मेलनका लागि हिमाली सभ्यता र संस्कृति भएका विश्वका करीब एक दर्जन मुलुकका ५० जना साहित्य र कलापारखी नेपाल आउनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मेलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने विभिन्न मुलुकका साहित्यकारको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

भौगोलिक र सांस्कृतिक विविधतायुक्त नेपालको भाषिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिने आदिकवि आचार्यको २०५ औँ जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना गर्न लागेको हो । नेपालको कला, साहित्य संस्कृतिलाई हिमवत्खण्डमा पुनः जागृत गर्नका लागि सम्मेलन आयोजना गरिएको हिमवत्खण्ड कला साहित्य सम्मेलन मूल समारोह समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले बताए ।

सम्मेलनमा नेपाल, भारत, बर्मा, श्रीलंका, पाकिस्तान, बेलायत लगायत मुलुकका ६० भन्दा बढी स्रष्टाले भाग लिने आयोजक समितिका महासचिव डा देवी नेपालले जानकारी दिए । सम्मेलनमा हिमवत्खण्ड र साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुती, जननेता मदन भण्डारीको वृत्तचित्र प्रदर्शनी, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुति समेत हुनेछ ।

यस्तै भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा भानु प्रतिष्ठानले अखण्ड रामायण वाचन कार्यक्रम आयोजना गरेको छ । बिहान १० देखि साँझ ५ बजे सम्म छन्द कविहरुले पालैपालो रामायण पाठ गर्ने कार्यक्रम छ । वि.सं. १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मिएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवादन गरेका थिए । उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।
रासस

Logo