काठमाडौं

अव्यवस्थित सहरी विकासले कुलो, नहर, ढलको निकास थुनिँदा भक्तपुर जलमग्न भयो । "/>

उपत्यकामा अव्यवस्थित सहरीकरणले विपद निम्तियो

उपत्यकामा अव्यवस्थित सहरीकरणले विपद निम्तियो


काठमाडौं

अव्यवस्थित सहरी विकासले कुलो, नहर, ढलको निकास थुनिँदा भक्तपुर जलमग्न भयो । खोलाका निकास अवरुद्ध हुँदा काठमाडौं उपत्यका लगायतका ठूला शहरहरू बाढी र डुवानको जोखिममा परेका छन् । उपत्यका, आसपास र ठूला सहरमा बग्ने खोला साँघुरिएको र पुरिएर बस्ती भन्दा माथि छ । नदी मिचेर, खोला नै टालिने गरी भवन निर्माण गरिँदा विपत्ति निम्तीने गरेको पूर्वसचिव तथा इन्जिनियर किशोर थापाले बताए ।

‘प्रकृतिले आफ्नो बाटो लिदाँ विपत्ति आयो, प्राकृतिक व्यवस्थापन मुख्य हो’, पूर्वसचिव थापाले भने, ‘नदीनाला, बर्खाको बाढीलाई व्यवस्थित नबनाइँदा समस्या आएको हो ।’ अग्ला घर र पर्खालका कारण पानी बग्ने क्षेत्र थुनियो । नदी माथि बनेका संरचना भत्काउनु, बनाइएका अग्ला पर्खालमा पानी बग्ने भाग अनिबार्य राख्नुको विकल्प नभएको उनको भनाई छ ।

नयाँ बस्ती बिस्तार हुँदा विपतलाई सम्झेर योजनाबद्ध व्यवस्थापन गर्नु पर्ने, पानी, ढलको निकास, नदीको उचित व्यवस्थापन गर्नुपर्ने, टोलटोलमा सुरक्षित स्थान निर्माण गर्नुपर्ने थापाको सुझाव छ । बिहीबार बिहान सम्म उपत्यकामा ९४ मिलिमिटर पानी पर्दा यस्तो हालत भयो । सहरीक्षेत्रको जोखिम पहिचान गरी समाधानका उपाय कानुनमै उल्लेख गरी सहरीविकास मन्त्रालयले ‘आधारभूत मादण्ड २०७२’ जारी गरे पनि पालना नगर्दा समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिरणका आयुक्त भाइकाजी तिबारी बताउँछन् ।

कानुनी आधार स्थानीय तहले वेवास्ता गरी जथाभावी संरचना निर्माण गर्न दिएका छ । यसले सहरीविपत बढी गइरहेको छ । प्राधिकरणले सहरीविपतलाई चार प्रकारले पहिचान गरी सचेत हुन कानुनी आधार तयारी गरी सकेको छ ।

बाढी र ढुवानबाट, पेट्रोल पम्पबाट, पहिरोबाट र भुर्इंचालो आउँदा जमिन भासिने जस्ता सहरीजोखिम पहिचान भइसकेको छ । उपत्यकाको सामाखुसी, गंगबु, गैरीधारा, शंखमुल, नरेफाँट, ढुबान हुने र भक्तपुरको जगाती, सूर्यविनायक, सल्लाघारी, सृजनानगर, राधेराधे, ठिमी, चारदोभाटो पनि जोखिममा छन् । यता ललितपुरको चोभारबाट पानीको निकास हुन नसक्दा सुन्दरीघाट, कर्मनाशा, हात्तीवन क्षेत्र ढुवान हुनेछ । मन्त्रालयले खोलाको मापदण्ड तोकेको छ तर स्थानीय निकायले कानुनलाई वेवास्ता गरी जथाभावी भवन निर्माण अनुमति दिँदा बाढी र ढुवान हुने गरेको प्राधिकरणको आरोप छ ।

खोला मिच्ने, खोला नजिक घर बनाउने, ट्रकमा लगेर खोलामा फोहोर फाल्ने गर्दा खोला बस्ती भन्दा माथि भएकाले पानी बस्तीमा पसेको तिवारीको भनाइ छ । भवनसंहितालाई वेवास्ता गर्नु सरकारले बनाएका मापदण्डलाई नमान्नुले शहरमा विपत्ति हुने गरेको विज्ञको भनाइ छ । पानी बग्ने क्षेत्र टालेर घर निर्माण गरिँदा काठमाडौंको बौद्ध क्षेत्रमा पानी जमेर पोखरी बनेको छ ।

२० वर्ष अघि सम्म बौद्ध क्षेत्रको पानी बगेर बागमतीमा मिसिने गरेको थियो तर अहिले टालिएको छ । स्थानीय तहले पानीको मुहान, नदी छेकेर घर बनाउन अनुमति दिने गर्दा समस्या आएको सहरीविकास मन्त्री मोहम्मद इश्तियाक राईले बताए । स्थानीयस्तर सम्म भवनसंहिता लागू गर्न सूचित गरेको छु, सहरीछाता ऐनको मस्यौता अन्तिम चरणमा पुगेको छ ।

यो लागू भए पनि गलत प्रवृतिको समधान हुने उनले बताए । हजार भन्दा माथि जनसंख्या पुगेका स्थानमा भवनसंहिता लागू गर्न निर्देशन दिए पनि कार्यन्वय नहुँदा विपत्ति हुने गरेको हो ।ढलको क्षमता सानो छ । खोलामा फोहोर फाल्दा, सफाइ नगर्दा खोला साँघुरिदै गएकाले पानीको वहाव पुग्दैन । प्राधिकरणको रिपोर्टमा भुईचालो आउँदा काठमाडौं गंगबु क्षेत्र भासिने खतरा बढी छ । यो क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दक्ष आर्किटेक्टको सल्लाहमा मात्र घर निर्माण गर्न भनेको छ। प्राधिकरणले आधारभूत मादण्ड २०७२ लागू गरी ३० डिग्री भन्दा भिरालो जमिनमा घर बनाउँदा जोखिम हुने भन्दै अनिवार्य भुगर्भविद्ले माटो परीक्षण गर्नु पर्ने उल्लेख गरेको छ ।
अन्नपूर्णबाट

Logo