काठमाडौं

विश्वकप अन्र्तगत आज ईंग्ल्याण्ड र क्रोएसिया वीच खेल हुनेछ । नेपाली समय अनुसार राती ११ः४५ मा खेल हुने कार्यक्रम छ । "/>

विश्वकपमा आज ईंग्ल्याण्ड र क्रोएसिया भिड्दै

विश्वकपमा आज ईंग्ल्याण्ड र क्रोएसिया भिड्दै


काठमाडौं

विश्वकप अन्र्तगत आज ईंग्ल्याण्ड र क्रोएसिया वीच खेल हुनेछ । नेपाली समय अनुसार राती ११ः४५ मा खेल हुने कार्यक्रम छ । आजको विजेताले फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । ईंग्ल्याण्ड यस अघिको विश्वविजेता हो भने र क्रोएसिया पहिलो पटक यस चरण सम्म पुगेको टिम हो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १ / ० अन्तरले पराजित गरेको थियो ।

पहिलो खेलमा ट्युनिसियालाई २–१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६–१ को प्रभाजशाली जित हात पारेको थियो । निक्कै रणनीतिक बनेको समूहचरणको अन्तिम खेलमा बेल्जिममसँग पराजित इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बिया र क्वार्टरफाइनलमा स्विडेनलाई निराश पारेको हो।

इङ्ल्यान्ड जारी प्रतियोगितामा सेट पिसमा गोल निकाल्ने अब्बल टोलीका रूपमा देखा परेको छ । टोलीले अन्तिम ४ सम्मको यात्रामा ११ गोल गर्दा ८ गोल सेट पिसमा भएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ दोस्रो स्थानमा छन्।

यता समूहचरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनामाथि सहज जित हात पारेको थियो । अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेको थियो । समूहचरणमा सहज जित हात पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको यात्रा समाप्त पार्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो । अन्तिम १६ र क्वार्टरफाइन दुवैमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको थियो । जहाँ गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन प्रशंसनीय थियो ।

Skip This
Logo