काठमाडौं

सरकारले अहिले सम्म देशका तुइन रहेका ठाउँमा ९५ वटा झोलुङ्गे पुल बनिसकेको जानकारी दिएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन रहेका नदी माथि अहिले सम्म ९५ वटा झोलुङ्गे पुल निर्माण भइसकेको जानकारी दिएका हुन् । "/>

तुइनको ठाउँमा झोलुङ्गे पुल बनेन भने केबल कार बनाउँछौँ : प्रधानमन्त्री

तुइनको ठाउँमा झोलुङ्गे पुल बनेन भने केबल कार बनाउँछौँ : प्रधानमन्त्री


काठमाडौं

सरकारले अहिले सम्म देशका तुइन रहेका ठाउँमा ९५ वटा झोलुङ्गे पुल बनिसकेको जानकारी दिएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन रहेका नदी माथि अहिले सम्म ९५ वटा झोलुङ्गे पुल निर्माण भइसकेको जानकारी दिएका हुन् ।

‘तुइनको ठाउँमा पुलको फोटो देख्दा केहीलाई किन पिर प¥या हो ?’, राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्रीले भने, ‘स्कुलबाट छोराछोरी नफर्किएको पीडा अब दोहोरिँदैन, ९५ वटा पुल बनिसकेका छन् । अन्य ४७ वटा पुल बन्दैछन्, केही महिना भित्रै सकिन्छन् ।’ अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले दुई वर्ष भित्र बनाउन एक अर्ब ४१ करोड बजेट छुट्याएको स्मरण गराउँदै प्रधानमन्त्रीले पछिल्लो सरकारले ३० करोड मात्रै बजेट छुट्याउँदा तोकिएको समयमा तुइन हटाउन नसकिएको बताए ।

‘तर अहिले म सरकारमा आएपछि तीब्रताका साथ काम अघि बढेको छ । महाकालीमा पाँच वटा तुइन छन्, तिनलाई विस्थापित गरिन्छ भारतसँग पनि मिलेर’, ओलीले भने, ‘१६ वटा ठाउँमा तुइन हटाउन सकिन्न भनेर प्राविधिकले भनेका छन्, प्राविधिक हिसाबले नमिले पनि हटाउँछु । झोलुङे पुल बनेन भने केबल कार बनाएर भए पनि हटाउँछु तुइन ।’

केही समययता बाँकी रहेका तुइनका फोटो खिचेर देखाउन थालिएको बताउँदै अब त्यसो गर्ने दिन पनि केही महिना मात्रै रहेको बताए । ‘देखाए होलान् या पुराना फोटा खिचेर, अहिले खुब देखाउँदैछन । तुइनका फोटा खिचेर राख्नु भनेर मैले नै भनेको हो’, ओलीले भने, ‘छिट्टै तुइन विसथापित हुन्छ , नेपाल तुइन मुक्त देश हुन्छ । तुइन हटाउनु भनेको मृत्युको छायाँ विस्थापन हो, स्कुल र बजार जान नसक्ने अवस्था अन्त्य गर्न खोजेको हो ।’
अन्नपूर्णबाट

Skip This
Logo