काठमाडौं । काखे बालकको ज्यान जोगाउन जुम्लामा असम्भव भएपछि काखमा बच्चा र एक हातमा अक्सिजन सिलिण्डर । जुम्ला एयरपोर्टवाट वच्चाको जीवन रक्षाको लागि काठमाडौं लैजान तयारीमा । "/>

यसकारण गोविन्द केसीको आन्दोलन सही

यसकारण गोविन्द केसीको आन्दोलन सही


काठमाडौं । काखे बालकको ज्यान जोगाउन जुम्लामा असम्भव भएपछि काखमा बच्चा र एक हातमा अक्सिजन सिलिण्डर । जुम्ला एयरपोर्टवाट वच्चाको जीवन रक्षाको लागि काठमाडौं लैजान तयारीमा । यो दृश्य जुम्ला एयरपोर्टमा नियालिरहेका थिए, विवेकशील साझा पार्टीका प्रदेश ६ संयोजक गेहेन्द्र प्रसाद दाहालले । उक्त दृश्य देखेर उनले मन थाम्न सकेनन् र तस्बिर लिएर सामाजिक सञ्जालमा शेयर गरिहाले । जुम्लामा अनसनमा बसिरहेका डा. गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँन त्यहाँ जाँदा उनले देखेका यो दृश्य हो । यो त केवल एउटा प्रतिनिधि घटनामा मात्रै हो । दुर्गम क्षेत्रका बासिन्दाहरुलाई सामान्य उपचार गर्न पनि महंगो भाडा तिरेर अन्यत्र जानु पर्ने बाध्यता छ ।

‘समयमै उपचार नपाएर जुम्लामा एक सुत्केरीले ज्यान गुमाईन् । सर्पले टोकेर बाजुरमा एक जनाको मृत्यु । सुविधासम्पन्न अस्पताल नहुँदा हेलिकोप्टर चार्टर गरेर विरामीलाई काठमाडौं ल्याईयो ।’ यस्ता घटना हामीले दिनहुँ सुन्दै र भाग्दै आएको छौं । देशका दुर्गम क्षेत्रमा मनिसहरु सिटामोल समेत खान पाउने अवस्था छैन् । विशेगरी देशको मध्यपश्चिमाञ्चल र शुदूरपश्चिमाञ्चलको हिमाली तथा पहाडी क्षेत्रका बासिन्दा यो समस्याबाट पीडित छन् ।

उनीहरुको लागि सरकारले दिँदै आएको निःशुल्क सेवा पनि महंगो पर्दछ । जुम्लामा कुनै मानिस गम्भीर खालको विरामी पर्दा महंगो पैसा तिरेर हेलिकोप्टर र्चाटर गरेर नेपालगञ्ज, काठमाडौं उपचारको लागि लैजानुपर्ने बाध्यता छ । जसले हेलिकोप्टर चार्टर गर्न सक्दैंन उनीहरुले विरामीको मृत्युको प्रतिक्षामा मात्र बस्न सकिन्छ । 

विश्व स्वास्थ्य संगठनले प्रत्येक १० हजारमा तीन जना चिकित्सहित २३ जना स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । उक्त जनसंख्यालाई आधार मान्दा एक चिकित्सकको भागमा २२ हजार जनसंख्या पर्छ । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १९ हजारले बढी हो । अहिले देशभरका ३ हजार ५ सय ७ वटा सरकारी स्वास्थ्य संस्थामा १ हजार २ सय चिकित्सक कार्यरत रहेका छन् । हाल देशभर ३७ हजारभन्दा बढी स्वास्थ्यकर्मी तथा २ हजार विशेषज्ञ चिकित्सक रहेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अझै ८ हजार चिकित्सको अभाव छ ।

काठमाडौं उपत्यकाको जनसंख्या करिब १० लाख र उपत्यकामा बसोबास गर्नेको संख्या करिब ४० लाख छ । झण्डै तीन करोड जनसंख्यामध्ये ४० लाख मात्रै काठमाडौंमा बसोबास गर्ने हो । काठमाडौंमा जनसंख्याको आधारमा प्रयाप्त चिकित्सक तथा स्वास्थ्य संस्था रहेका छन् । तर देशका अन्य भूभागमा न सुविधासम्पन्न अस्पतालहरु छन्, न त विशेषज्ञ चिकित्सक नै । यस हिसावले पनि डा. केसीको आन्दोलन सहि छ ।

Logo