काठमाडौँ

चर्चित गीतकार कृष्णबहादुर थापा क्षेत्री, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’ सार्वजनिक भएको छ । "/>

नेपालीपनको नेपाली मन सार्वजनिक

नेपालीपनको नेपाली मन सार्वजनिक


काठमाडौँ

चर्चित गीतकार कृष्णबहादुर थापा क्षेत्री, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको सोलो एल्बम ‘नेपाली मन’ सार्वजनिक भएको छ । गीतकार प्रेमध्वज प्रधान, कवि तथा गीतकार रत्नशमशेर थापा, गीतकार किरण खरेल, कवि तथा गीतकार दिनेश अधिकारी, गजलकार डा. भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपाली लगायतले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

गीतकार क्षेत्रीले देशप्रेम बोलीमा मात्र होइन मन भित्रैबाट व्यवहारमा लागू गर्नुपर्छ भन्दै आफ्नो पछिल्लो कृति ‘नेपाली मन’ सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्न सफल हुने बताए । गायक खड्काले सबैभन्दा धेरै राष्ट्रिय भावका गीतमा स्वर भर्न पाउनु आफ्ना लागि सुखद रहेको अनुभव सुनाए ।

Logo