काठमाडौँ

इंग्ल्यान्डका कप्तान ह्यारी केन सन् २०१८ फिफा विश्वकप फुटबलका गोल्डेन बुटका दाबेदार बनेका छन् । "/>

विश्वकप विशेष : यस पटकको गोल्डेन बुटका दाबेदार ह्यारी केन

विश्वकप विशेष : यस पटकको गोल्डेन बुटका दाबेदार ह्यारी केन


काठमाडौँ

इंग्ल्यान्डका कप्तान ह्यारी केन सन् २०१८ फिफा विश्वकप फुटबलका गोल्डेन बुटका दाबेदार बनेका छन् । उनले गत मंगलबार राति कोलम्बिया विरुद्ध भएको प्रिक्वार्टरफाइलन खेलमा कीर्तिमान समेत बनाए । खेलको ५७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै जारी विश्वकपमा उनले व्यक्तिगत छैटौं गोल प्रहार गरे ।

उनीपछि बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । उनले ४ गोल गरेका छन् । बेल्जियमले क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्दै छन् । विश्वकपमा ४ गोल गर्ने अर्का खेलाडी क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिसकेको छ । केन एकै विश्वकपमा बढी गोल गर्ने इंग्ल्यान्डका पहिलो खेलाडी बनेका छन् । यदि उनले जारी विश्वकपमा गोल्डेन बुट जिते भने उनी गोल्डेन बुट जित्ने दोस्रो इंग्लिस खेलाडी हुनेछन् । यसअघि लेनेकरले इंग्ल्यान्डका लागि पहिलोपटक गोल्डेन बुट जितेका थिए ।

हंगेरीका सान्दोर कोक्सिसले विश्वकपको सुरुआती ३ खेलमा ९ गोल गरेका थिए भने अर्जेटिनाका गुइलेर्मो स्टाबिनले सुरुआती ३ खेलबाट ७ गोल गरेका थिए । केन यो सूचीको तेस्रो नम्बरमा छन् उनले विश्वकपको ३ खेलबाट ६ गोल गरेका छन् । उनले सन् १९३९ पछि आफूले खेलेको विश्वकपका लगातार ३ खेलमा गोल गर्ने खेलाडी केन इंग्ल्यान्डका लागि पछिल्लो १० खेलमा १४ गोल गर्न सफल भएका छन् ।
राजधानीबाट

Logo