ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे ,

काभ्रेली कृषक एवं सहकारी अभियान्ता दीपक प्रसाद पौडेलले आफूले किसान आन्दोलनका क्रममा भोगेका विविध विषयहरुलाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् । "/>

किसान आन्दोलनको पृष्ठभूमि अब पुस्तकमा !

किसान आन्दोलनको पृष्ठभूमि अब पुस्तकमा !


ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे ,

काभ्रेली कृषक एवं सहकारी अभियान्ता दीपक प्रसाद पौडेलले आफूले किसान आन्दोलनका क्रममा भोगेका विविध विषयहरुलाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् । उनले यस अघि पनि यस्ता २ वटा पुस्तकहरु प्रकाशन गरिसकेका थिए । प्रस्तुत पुस्तकमा नेपाली किसानहरुले विगत देखि अहिले सम्म झेल्नु परेका अप्ठ्यारा र समस्याहरुलाई शिलशिलाबद्ध तरिकाले प्रस्तुत गरिएको छ । उनका लेखाइहरुमा समस्याको उठान मात्र छैनन् समाधानका उपायहरु पनि छन् । तर तिनीहरुलाई कार्यान्वययन गर्ने निकायको भने अभाव नै छ । किनकी सरकार किसानका समस्यालाई समस्या नै मान्दैन ।

नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमि, विचार र आन्दोलन शिर्षक दिइएको प्रस्तुत पुस्तकले किसान संघ किन , कसका लागि र कसरी गठन भयो र यसले अहिले के के गरिरहेको छ भन्ने विषयलाई प्रष्ट रुपमा चित्रण गरेको छ । सानै उमेर देखि नेपाली किसानका हक अधिकार र समस्या लगायतका क्षेत्रमा लामो समय बिताएका पौडेलले सहकारी र दुध विकासको क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् । आफ्नो काम गराईका समयमा पाएका हन्डर , दुःख र सजिला वा असजिला कुराहरु सबैलाई उनले आफ्नो पुस्तकमा अटाउने प्रयास गरेका छन् ।

नेपाल किसान संघको केन्द्रिय नेतृत्वमा रहि काम गरेका लेखक पौडेलले ३ दशक भन्दा धेरै समय नेपालको प्रजातान्त्रिक आन्दोलन , सहकारी क्षेत्रको विकास र विस्तार गर्ने कार्यमा खर्च गरेका छन् । प्रस्तुत पुस्तकमा उनले सो अवधिमा देखे भोगेका किसानसँग सम्बन्धित विविध पाटाहरुको विश्लेषण गरेका छन् । यस पुस्तकमा उनले किसान संघ किन जन्मियो र किसानहरुलाई यसको आवश्यकता किन छ भन्ने कुरालाई पनि दर्शाएका छन् । नेपाल किसान संघको सिद्धान्त, उद्देश्य र निती तथा कार्यक्रम , नेपाल किसान संघका माग र नेपाली किसानका लागि सरकारले गर्नु पर्ने महत्वपूर्ण कार्यहरुको पनि उठान यसमा गरिएको छ ।

नेपाली साहित्यमा लेखिने विविध खाले पुस्तकहरु भन्दा पृथक रहेर लेखकले यस पुस्तकलाई विशेषगरि किसानहरुमै केन्द्रित बनाउने प्रयास गरेका छन् । उनकै भाषामा भन्ने हो भने यतिबेला नेपालका ६८ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । तर पनि उनीहरुका समस्याहरुलाई कसैले पनि सुनेका छैनन् । आकाशेपानीका भरमा खेती गरिरहेका किसानका उत्पादनहरु विचौलियाहरुको हातमा पुगेका छन् । लगानी गर्ने किसान फाइदा खाने चैं व्यापारी, यस्तो अवस्थामा रहेका किसानहरुका लागि न्याय दिलाउने उद्देश्यले नेपाल किसान संघको गठन भएको हो ।

अहिले सम्म यसरी किसानमै केन्द्रित भएर पुस्तक लेख्नेहरु विरलै छन् । यसर्थ पनि लेखक पौडेलको प्रस्तुत पुस्तक किसानहरुको लागि एउटा ऐतिहासिक दस्तावेजको रुपमा रहने निश्चित छ । यसले किसान संघको इतिहास बोलेको छ , वर्तमान चित्रण गरेको छ र भविष्यको बाटो पनि देखाएको छ ।

 

Logo