काठमाडौं

सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहने सरकारी कार्यालयको स्थायी संरचना र कर्मचारी संख्याको नयाँ प्रारूप तयार पारेको छ । "/>

तीनै तहमा कर्मचारी संख्या टुंगो लाग्यो

तीनै तहमा कर्मचारी संख्या टुंगो लाग्यो


काठमाडौं

सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहने सरकारी कार्यालयको स्थायी संरचना र कर्मचारी संख्याको नयाँ प्रारूप तयार पारेको छ । संघीय शासन अनुसार संघ, प्रदेश र स्थानीय तहमा रहने सरकारी कार्यालय र कर्मचारीको दरबन्दीको टुंगो लगाइएको हो ।

सरकारद्वारा गठित उच्चस्तरीय समितिले तयार पारेको प्रारूपअनुसार अब संघका केन्द्रीय निकाय र मातहतका कार्यालयमा ४५ हजार कर्मचारी रहने छन् भने प्रदेशमा बढीमा १६ हजार कर्मचारी रहने छन् । यसैगरी स्थानीय तहमा बढीमा ५७ हजार कर्मचारी रहने नयाँ खाका बनाइएको छ । हाल मुलुकभरि निजामती कर्मचारी ८६ हजार र स्थानीय तहका झण्डै १७ हजार गरी १ लाख ३ हजार कर्मचारी कार्यरत छन् ।

सरकारद्वारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) समितिले तिनै तहको स्थायी संरचना र त्यहाँ आवश्यक पर्ने कर्मचारीको खाका र प्रारूप तयार पारेको हो । समितिका संयोजक सचिव कोइरालाले तिनै तहमा रहने कर्मचारी सहित विभिन्न निकायको ओएन्डएम सर्वेक्षणसहितको प्रतिवेदन अन्तिम अवस्थामा पुगेको जानकारी दिए । सचिव कोइरालाले प्रतिवेदन छिटै सरकारलाई बुझाउने तयारी गरिएको जानकारी दिए ।
अन्नपूर्णबाट

 

Logo