काठमाडौं

चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी बुधबार चक्का जाम गरिएको छ । "/>

चाबहिल–बौद्ध–जोरपाटी सडक बनाउन माग गर्दै चक्काजाम

चाबहिल–बौद्ध–जोरपाटी सडक बनाउन माग गर्दै चक्काजाम


काठमाडौं

चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी बुधबार चक्का जाम गरिएको छ । सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपा क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएर बाध्य भई चक्का जाममा उत्रनु परेको समता मानव अधिकार तथा नागरिक समाजले जनाएको छ । वर्षौं देखि सडक नबन्दा यो मार्गबाट आवागमन गर्ने यात्रु वर्षामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।

नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, स्तूपा सामुदायिक अस्पताल लगायत स्वास्थ्य संस्थामा बिरामी पु¥याउन हिँडेका एम्बुलेन्स सडकमा जमेकोे पानीको दहमा फस्दा बिरामीले सास्ती व्यहोर्नु परेकाले सडकको स्तरोन्ततिका लागि स्थानीयवासीले निरन्तर दबाबमूलक विरोधका कार्यक्रम गर्दै आएका हुन् ।

जनताले दुःख पाएकैले सरोकार भएका निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले जानकारी दिए । सडकका ठाउँमा बनेका ठूला खाल्डामा पानीको दह जम्दा सवारी साधन र पेटीमा यात्रा गर्ने पैदल यात्रुले समेत सास्ती खेप्दै आएका छन् ।

स्थानीय दबाब समूहले यस अघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठी लगायतका कार्यक्रम समेत गर्नुका साथै अब सरोकार भएका निकायमा घेराउ गर्ने योजना रहेको समाजले जनाएको छ । चक्काजामका कारण बुधबार बिहान सबै यात्री पैदल यात्रा गर्न बाध्य भएका थिए ।
रासस

तस्बिरः नागरिक

Skip This
Logo