काठमाडौं

आयोजक रूसले आइतबार (आज) विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरे जस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ । "/>

आज स्पेन विरुद्ध रूसः बलिया तर दुवैको सम्भावना उस्तै

आज स्पेन विरुद्ध रूसः बलिया तर दुवैको सम्भावना उस्तै


काठमाडौं

आयोजक रूसले आइतबार (आज) विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरे जस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ । समूह ‘बी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गरेको स्पेनले समूह चरणमा सोचे अनुरूप नतिजा भने ल्याउन सकेको थिएन ।

प्रतियोगिता अघि सम्म रूसले समूह चरण पार गर्ने थोरैले मात्र अनुमान गरेका थिए । तर पहिलो खेलमा साउदी अरेबिया माथि ५–० को प्रभावशाली नतिजा निकालेको रूसले दोस्रो खेलमा इजिप्ट माथि ३–१ को सहज जितका साथ नकआउटमा स्थान पक्का गर्यो । सोभियत युगको अन्त्यपछि रूस समूहचरणबाट माथि उठेको यो पहिलो पटक हो । समूहविजेताका लागि उरुग्वेविरुद्धको खेलमा भने रूस ३–० ले पराजित भएको थियो ।

आयोजकको हैसियतमा प्रतियोगितामा सोझै प्रवेश पाएको रूसले ८ महिनाको अवधिमा कुनै पनि खेल जितेको थिएन । नोभेम्बरमा स्पेनलाई ३–३ को बराबरीमा रोक्नु नै उनीहरूको सम्झनलायक प्रदर्शन थियो । रूसका रक्षक सेर्गी इग्नासेभिचले स्पेन आफूहरूका लागि नौलो प्रतिद्वन्द्वी नभएको बताए । इग्नासेभिच २००८ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनलाई नतिजा सुम्पिँदा समेत टोलीका सदस्य थिए ।

‘स्पेनले विगतका वर्षमा जस्तै पुरानै रणनीतिमा खेलिरहेको छ,’ ३८ वर्षे इग्नासेभिचले भने, ‘स्पेनका रक्षक धेरै अघि बढेर खेल्छन् । काउन्टर अट्याकको रणनीतिमा खेल्ने टोलीले यसको फाइदा उठाउन सक्छ । यो नै उनीहरूको एक मात्र कमजोर पक्ष हो।’ खेल लुज्निकी रंगशालमा हुँदैछ, जहाँ रूसले प्रतियोगिताको उद्घाटन खेल खेलेको थियो । ‘हामीले समूहचरण पार गर्नुमा समर्थकको पनि साथ छ । आइतबार हामीले लुज्निकी रंगशालमा खेल्दै छौं, जहाँ हाम्रा ८० हजार घरेलु समर्थक हुनेछन्,’ उनले भने, ‘यो नै हाम्रो बलियो पक्ष हो ।’
नागरिकबाट

Logo