काठमाडौं

विश्व कपको दोस्रो प्रिक्वार्टर फाइनल अन्तर्गत शनिवार उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । "/>

विश्वकप विशेष : गएरातीका खेलहरुमा फ्रान्स र उरुग्वे विजयी

विश्वकप विशेष : गएरातीका खेलहरुमा फ्रान्स र उरुग्वे विजयी


काठमाडौं

विश्व कपको दोस्रो प्रिक्वार्टर फाइनल अन्तर्गत शनिवार उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीम बीच यो तेस्रो अन्तरराष्टिय भेट थियो । जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो।

यस खेलमा रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गरे । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन् । अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे । ३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो ।

१९ जुन १९७० मा भएको दुर्इ सेमिफाइनल भिडन्तमा ११ गोल भएको थियो । यो खेल उरुग्वे र ब्राजिल, इटाली र तत्कालीन पश्चिम जर्मनीकोबीच भएको थियो । ब्राजिलले उरुग्वेलार्इ ३-१ र इटालीले तत्कालीन पश्चिम जर्मनीलार्इ ४-३ ले हराएको थियो । हिजो नै भएको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससँग ४-३ अन्तरले पराजित भएको थियो । यससँगै आशा गरिएका २ टिमहरु अर्जेन्टिना र पोर्चुगल अन्तिम १६ बाटै पाखा लागेका छन् ।

Logo