फिफा विश्वकप अन्तर्गत नकआउट चरणका खेलहरु सुरु भएका छन् । शनिबार पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिना र एक पटकको विश्व विजेता फ्रान्सबीचको खेल सुरु भएको छ । "/>

फिफा विश्वकप: अर्जेन्टिनाVS फ्रान्स, मेस्सीको जादु कस्तो चल्ला ? (भिडियो)

फिफा विश्वकप: अर्जेन्टिनाVS फ्रान्स, मेस्सीको जादु कस्तो चल्ला ? (भिडियो)


फिफा विश्वकप अन्तर्गत नकआउट चरणका खेलहरु सुरु भएका छन् । शनिबार पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिना र एक पटकको विश्व विजेता फ्रान्सबीचको खेल सुरु भएको छ ।

समूह चरणमा फ्रान्स दुई खेलमा विजयी हुँदै अन्तिम १६ मा पुगेको हो । उसले एक खेल बराबरी खेलेको थियो। अर्जेन्टिना भने निकै संघर्षका बावजुद अन्तिम १६ मा पुगेको हो ।

विश्वकको दावेदारका रुपमा रहेका यी दुई टोलीको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो। यी दुईबीच अहिलेसम्म विश्वकपमा २ खेल मात्र भएका छन्। जसमा दुवैले खेल अर्जेन्टिनाले जितेको थियो।

सन् १९३० को पहिलो विश्वकपमा १-० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २—० ले पराजित गरेको थियो।

Logo