अमेरिकाले लगाएको कर सामु क्यानडा नझुक्ने

अमेरिकाले लगाएको कर सामु क्यानडा नझुक्ने


क्यानडाकी विदेशमन्त्रीले स्टील र एल्मुनियममा अमेरिकाले लगाएको नयाँ कर सामु आफ्नो देश नझुक्ने बताएकी छन । देशका स्टील र एलुमिनियम उद्योगलाई सघाउन क्यानाडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डको पछिल्लो भनाइ आएको हो ।

१६/६ अर्ब क्यानाडियन डलर मूल्य बराबरको अमेरिकी सामानमा क्यानाडाले लगाएको कर जुलाइ १ तारिखदेखि कार्यान्वयनमा आउनेछ । विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डले अमेरिकाले क्यानाडालाई अरू कुनै विकल्प नदिइ जवाफी कदम चाल्ने विकल्प मात्रै दिएको बताइन्।

क्यानाडाले लगाएको कर अमेरिकी स्टील तथा एलुमिनियम उत्पादनमा लक्षित छ । त्यसबाहेक दही, केट्चप र राजनीतिक अखडा मानिने विस्कन्सिन, पेन्सिल्भानिया र फ्लोरिडामा उत्पादन हुने सुन्तलाको जुस पनि क्यानाडाको करको दायराभित्र पर्नेछन् ।

Logo