वीरेन्द्रनगर

कर्णाली प्रदेशको एक मात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले उपकुलपतिको गाडीमा तोडफोड गरेका छन् । "/>

उपकुलपतिको गाडी तोडफोड, ६ जना विद्यार्थी पक्राउ

उपकुलपतिको गाडी तोडफोड, ६ जना विद्यार्थी पक्राउ


वीरेन्द्रनगर

कर्णाली प्रदेशको एक मात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले उपकुलपतिको गाडीमा तोडफोड गरेका छन् । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त र मर्यादित बनाउन माग राख्दै आन्दोलनमा रहेका विद्यार्थीहरुले शुक्रबार उपकुलपति प्रा.डा उपेन्द्रकुमार कोइरालाको गाडी तोडफोड गरेका हुन् ।

लगातार १२ दिन देखि आन्दोलनमा रहेका विद्यार्थीहरुले केन्द्रिय कार्यालयमा लगाएको ताला आफुहरुसँगको सल्लाह बिना नै तोडिएपछि उनीहरुले परिषरमा रोकेर राखिएको गाडी माथि अन्धाधुन्ध ढुंगामुडा गरी गाडी तोडफोड गरेका हुन् ।

विश्वविद्यालय पदाधिकारी र आन्दोलनरत विद्यार्थीबीच वार्ता बस्ने बारेमा सहमति हुन नसक्दा तोडफोड भएको हो । विश्वविद्यालय पदाधिकारीहरु आफ्ना माग प्रति जवाफदेही नभएको भन्दै विद्यार्थीहरुले एमयूको विस्तारित कार्यालयमा समेत ढुङ्गामुढा गरेका छन् । गाडी तोडफोड र विस्तारित कार्यालयमा ढुङ्गामुढा गर्ने ६ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी नियन्त्रणमा लिएको छ । एमयूको केन्द्रीय क्याम्पस परिषरमा रिले अनसन समेत बसेका छन् ।

विद्यार्थीहरु ढुंगामुडा गर्न उत्रिएपछि नियन्त्रणमा लिनु परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार निकुञ्ज पाण्डे, न्यूटन वली, रामचन्द्र भण्डारी, केशव खड्का, निर्मल विसी र रामकुमार शाह पक्राउ परेका छन् ।
अन्नपूर्णबाट

Logo