डेनमार्क र फ्रान्स बीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा

डेनमार्क र फ्रान्स बीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा


काठमाडौं

रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको डेनमार्क र फ्रान्सबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा पुगेको छ । जारी खेलमा दुबै टोलीले नतिजा निकाल्न नसक्दा गोलरहित बराबरीमा पुगेको हो ।

यसअघि फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने अंक बटुलेर अन्तिम १६ मा पुग्ने दाउमा डेनमार्क रहेको छ ।

उता समूह सी तर्फको अर्को खेलमा पेरुले अष्ट्रेलिया विरुद्ध २ गोलको अग्रता बनाएको छ । खेलको १८ औँ मिनेटमा पेरुका आन्ड्रे क्यारिल्लोले पहिलो गोल गर्दै अग्रता लिएका थिए । पेरु समूह चरणबाटै यस अघि बाहिरिसकेको छ । पेरुले हालसम्म १ अंक पनि जोडन सकेको छैन । खेल जारी छ

Logo