अहिलेसम्मकै ठूलो मात्रामा आईपिओ असार २४ गतेबाट, कसलाई कति ?

अहिलेसम्मकै ठूलो मात्रामा आईपिओ असार २४ गतेबाट, कसलाई कति ?


नेपालको पुंजीबजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपिओ सार्वजनिक हुन् लागेको छ । बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले ठूलो मात्रामा साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा दोलखास्थिति आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रति साधारण शेयर १०० अंकित दरका २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेकोमा स्थानीयको १ करोड ५ लाख ९० हजार कित्ता शेयर छुट्याइएको छ । स्थानीयहरुले न्युनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयको लागि आवेदन दिनको लागि असार २४ गतेदेखि साउन ९ गतेसमको म्याद तोकिएको छ । आईपिओको लागि नागरिक लगानी कोष र सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् ।

स्थानीयको लागि शेयर निष्काशन गरेर बाँडफांड गरे लगत्तै सूचना निकालेर सर्बसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सर्वसाधारणको लागि १०० अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर छुट्याइएको छ । सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब भएपनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

Skip This
Logo