काठमाडौं

नर्स भन्ना साथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । "/>

अब नेपालमै पुरुष पनि नर्स बन्न सक्ने !

अब नेपालमै पुरुष पनि नर्स बन्न सक्ने !


काठमाडौं

नर्स भन्ना साथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समय देखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै पेशा हो र ?

होइन, अब नेपालमा पनि पुरुषहरूको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइएको हो । नर्सिङ सेवालाई प्रभावकारी, व्यवस्थित एवं वैज्ञानिक ढंगले संचालन गर्न पुरुषहरूलाई पनि सामेल गराउनु पर्ने खाँचो देखिएपछि प्रक्रिया अघि बढाइएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन् । पोखरेलका अनुसार पुरुषहरूलाई पनि अनमी (सहायक स्वास्थ्य परिचारिका ) , पीसीएल नर्सिङ र बीएस्सी नर्सिङमा भर्ना लिन सकिने गरी प्रक्रिया अघि बढाउन लागिएको छ ।

यसै शैक्षिकसत्र देखि पुरुषहरूले पनि नर्सिङमा भर्ना हुन पाउने छन् । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७४/०७५ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई भर्ना गराउने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि विभिन्न विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लगायतका निकायहरूमा पत्राचार गर्ने तयारी गरेको परिषद सदस्य समेत रहेकी नर्सिङ संघकी अध्यक्ष पोखरेलले बताइन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राध्यापक डा. जगदीशचन्द्र अग्रवालले बाहिरी मुलुकमा पुरुष नर्सहरू भएको उल्लेख गर्दै नेपालमा पनि आवश्यक भएको बताए । उनले भने, ‘पुरुष नर्सको माग स्वदेश तथा विदेशमा बढेको छ ।’ नर्सिङ परिषद्ले गरेको निर्णय प्राप्त भएपछि अगाडिका प्रक्रियाहरू बढाइने उनले बताए ।
अन्नपूर्णबाट

Logo