प्रधानमन्त्री ओलीलाई हटाउनुपर्नेमा डा. भट्टराईको जोड

प्रधानमन्त्री ओलीलाई हटाउनुपर्नेमा डा. भट्टराईको जोड


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । बुधबार साँझ ट्वीट गर्दै पूर्वप्रधानमन्त्री एवं जसपा अध्यक्ष डा. भट्टराईले सो कुरा बताएका हुन् ।

ओली सरकारको असफलता भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाएपछि हटाउनै पर्ने उनको भनाइ छ । ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य, जनताका मुद्दा प्रतिपक्षी दल जनताले उठाउनैपर्छ है’–उनले ट्वीटरमा लेखेका छन्–‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन २. ओली सरकारको असफलता, भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

Skip This
Logo