काठमाडौं

मुलुकका बिभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्था मध्ये ९२ प्रतिशतले संस्था नविकरण गरेका छैनन । "/>

४४ हजार गैरसरकारी संस्था अबैध !

४४ हजार गैरसरकारी संस्था अबैध !


काठमाडौं

मुलुकका बिभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्था मध्ये ९२ प्रतिशतले संस्था नविकरण गरेका छैनन । हाल सम्म दर्ता भएका ४८ हजार ९० संस्थाहरु मध्ये अहिले सम्म ४ हजार संस्था मात्रै नविकरण भएको समाज कल्याण परिषद्ले जनाएको छ । परिषद्को तथ्याङक अनुसार ४४ हजार ९० वटा गैर सरकारी संस्थाहरुले नविकरण गर्न निवेदन दिएका छैनन् ।

परिषद्का सुचना अधिकारी हरी तिवारीले भने– ‘जुन संस्थाले तीन बर्ष अवधी पुरा गरेको छ । त्यसले मात्रै नबिकरण गर्न पाउँछ । त्यसैले पनि नबिकरण हुन बाँकी संख्या धेरै देखिएको हो । अहिले परिषदमा आबद्ध हुने संस्थाहरुको संख्या बढेको देखिन्छ ।’

हाल १५ हजार गैरसरकारी संस्थाहरुले सकृय रहेर काम गरिरहेको अनुमान गरिएको छ । पछिल्लो तथ्याङक अनुसार गैरसरकारी संस्थाहरुको बार्षिक बजेट ४२ अर्व रुपैंया रहेकोे छ । जसमध्ये २४ अर्व रुपैंया परियोजना सम्झौता अन्तर्गत आइएनजीओ र परिषद बीचको सम्झौता भएर रकम खर्च हुने गरेको छ । यस्तै कार्यक्रम स्विकृत अन्तर्गत १८ अर्व रुपैयाँ दातृ संस्था बिदेशमै रहेपनि नेपालमा कार्यरत गैरसरकारी संस्थाहरुलाई दिने सो रकम समाजकल्याण परिषद्बाट स्विकृत भई खर्च हुने गरेको छ ।

संस्था दर्ता उल्लेखनीय मात्रामा भएपनि काम भने परिणाममूखी हुन नसकेको सरोकारवालहरु बताउँछन् । संस्था दर्ताको दर उल्लेखनीय देखिएपनि गुणात्मक परिणाम देखिने गरी काम हुन सकेको छैन । अहिले देशभर बिभिन्न ऐनमा बांधिएर झण्डै एक लाख ४० हजार संस्थाहरु सक्रिय अवस्थामा छन् । संस्थाहरु दातामा निर्भर हुने प्रबृत्ति बढेकोले उपलब्धी नदेखिएको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

Logo