काठमाडौं

जारी विश्वकप अन्तर्गत मंगलबार हुने समूह डी को तेस्रो चरणको खेलले सबैमा कौतुहलता बढाएको छ । "/>

विश्वकप विशेष : अर्जेन्टिना र नाइजेरिया दुवै टिमका लागि आजको खेल निर्णायक

विश्वकप विशेष : अर्जेन्टिना र नाइजेरिया दुवै टिमका लागि आजको खेल निर्णायक


काठमाडौं

जारी विश्वकप अन्तर्गत मंगलबार हुने समूह डी को तेस्रो चरणको खेलले सबैमा कौतुहलता बढाएको छ । यसो हुनुको प्रमुख कारण लियोनल मेसी र अर्जेन्टिना नै हुन् । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी र दोस्रो खेलमा क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिनाको अन्तिम १६ पुग्ने सम्भावना न्यून बनेको छ ।

दुई खेलबाट एक अंक जोडेको अर्जेन्टिनाले १ गोल गर्दा ४ गोल बेहोरेको छ । समूहको दुई खेल जितेर ६ अंक सहित अन्तिम १६ पुगिसकेको क्रोएसिया बाहेक अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्डलाई मंगलबारको खेल उत्तिक्कै महत्वपूर्ण बनेको छ । अर्जेन्टिनालाई नाइजेरियाविरुद्धको खेल कुनै पनि हालतमा जित्नु पर्ने भएको छ । त्यो पनि फराकिलो गोलअन्तरले । क्रोएसिया र आइसल्याण्डको खेलले प्रभाव पार्ने भएकोले अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध कम्तिमा पनि ३–० को जित आवश्यक रहेको छ ।

तर गत विश्वकपको नतिजालाई हेरेपनि नाइजेरियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको थियो । नाइजेरियालाई पनि अन्तिम खेलमा जित नै खाँचो रहेकोले पनि यो खेल सोचे जस्तो अर्जेन्टिनाका लागि नहुन सक्छ । दुई खेलबाट ३ अंक जोडेको नाइजेरियाले विपक्षीलाई दुई गोल गर्दा विपक्षीबाट पनि दुई नै गोल बेहोरेको छ । यसर्थमा अर्जेन्टीनाको तुलनामा नाइजेरियालाई जित्नु पर्ने दवाब कम भएपनि आइसल्याण्ड र क्रोएसियाबीचको खेलले भने तनाव दिएको छ ।

यदि अर्जेन्टिनालाई हराएमा भने अन्तिम १६ मा पुग्नबाट नाइजेरियालाई कसैले पनि रोक्न सक्दैन । गत दुई पटकको च्याम्पियन र गत विश्वकपको उपविजेता अर्जेन्टिनाले नाइजेरियाविरुद्धको खेलमा सम्पूर्ण शक्ति खर्चने छ । विशेषगरी मेसीमा निर्भर अर्जेन्टिनाले टीमवर्क खेल्नु पर्ने देखिन्छ ।

यी दुवै टोलीले एक अर्काबीच ८ म्याच खेलेका छन् । जस मध्ये अर्जेन्टिनाले ५ खेलमा जित निकाल्दा नाइजेरिया २ खेलमा विजयी बनेको छ । यस्तै १ खेल भने बराबरी टुङ्गिएको थियो । यसक्रममा अर्जेन्टिनाले १३ गोल गरेको छ भने नाइजेरियाले १२ गोल फर्काएको छ । गत विश्वकपको भेटमा अर्जेन्टिनाले ३–२ ले जितेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo