धनगढी

सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बजेटको विरोध गरिरहेका बेला प्रदेश नम्बर ७ मा विपक्षले संसद बैठक अवरुद्ध गरेका छन् । "/>

प्रदेश नं. ७ : बजेटको विरोधमा कांग्रेस र राजपाबाट संसद अवरुद्ध

प्रदेश नं. ७ : बजेटको विरोधमा कांग्रेस र राजपाबाट संसद अवरुद्ध


धनगढी

सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले बजेटको विरोध गरिरहेका बेला प्रदेश नम्बर ७ मा विपक्षले संसद बैठक अवरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेट जनतामुखी नभएको र कार्यकर्ता पोस्ने बजेट भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद बैठक अवरुद्ध गरेका हुन् ।

असार १ गते प्रदेश सरकारले २५ अर्ब ६ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । सोमबार अपरान्ह ४ बजे देखि सुरु बजेट माथिको छलफलमा सभामुख अर्जुनबहादुर थापाले बैठकको कार्य प्रारम्भ भएको सूचीत गर्ने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर बजेट माथिको छलफलको विरोध गरेका थिए । सभामुख थापाले केही आपत्ति भए एकजना सदस्यले आफ्नो कुरा राख्न निर्देशन गरेपछि कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले सरकारले ल्याएको बजेट डल्लो बजेट भएको र त्यसले कार्यकर्ता पोस्ने भएकाले संशोधनको माग गरे ।

‘सरकारले जेठमा ल्याएको एक अर्ब ५ करोडको अल्पकालिन बजेटको पहिलो भएकाले समर्थन गर्यौं, तर त्यसको चरम दुरुपयोग भएको छ’, उनले भने, ‘अहिले पनि अल्पकालिन जस्तै डल्लो बजेट आएको छ । त्यो सीधै कार्यकर्ता पोस्न हो, त्यसैले त्यो बजेट संशोधन भएर आउनुपर्छ ।’ उनले बजेट संशोधन भए प्रतिपक्षको दायित्व निर्वाह गर्ने बताए ।

उनले शीर्षक बिनाको बजेट पास भएपछि त्यसको चरम दुरुपयोग हुनसक्ने बताए । ‘प्रदेशका गौरवका योजनाका लागि डीपीआर छैन भनेर डल्लो बजेट विनियोजन भएको छ, पर्यटनका लागि अर्बौँ बजेट विनियोजन गरिएको छ, प्रतिपक्षलाई छलफलमा बोलाएर थपिएका योजना र गरिएको प्रतिवद्धता पनि पुरा भएका छैनन्’, बजेटप्रति टिप्पणी गर्दै उनले आरोप लगाए ।
अन्नपूर्णबाट

Logo