रुकुम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन् । "/>

एकै दिन तीन बालविवाह रद्द

एकै दिन तीन बालविवाह रद्द


रुकुम ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो ।

त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३ की १७ वर्षीया किशोरीका बीचमा हुन लागेको बालविवाह रद्द गरिएको हो । 

चौरजहारी नगरपालिका–१४ का १९ वर्षीय किशोर र सानीभेरी गाउँपालिका–२ की १७ वर्षीया किशोरीबीच हुन लागेको विवाहलाई पनि रद्द गरिएको छ । उमेर नपुगी भएको विवाहलाई रद्द गरेर बालबालिकालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाइएको छ ।

उनीहरुलाई सम्झाइबुझाई आफन्तको जिम्मा लगाएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीले जानकारी दिनुभयो । जिल्लामा अलिहेसम्म ३२ वटा बालविवाह रद्द गरिएको छ । रासस

Logo